वीरगञ्ज । पर्सा लगायतका जिल्लामा करिब ३० वर्षदेखि श्रृङखलाबद्ध अपराधमा संलग्न एक कुख्यात अभियुक्त पक्राउ परेका छन् ।सखुना प्रसौनी गाउँपालिकाका प्रेम गिरीलाई पर्सा प्रहरीले पक्राउ गरेको हो ।
गिरी नेपाल तथा भारतको विभिन्न स्थानहरुमा हत्या, चोरी, डकैती लगायत अन्य अपराधिक कृयाकलापहरूमा संलग्न रही बिगत लामो समयदेखि प्रहरीको खोजीमा रहेका अभियुक्त भएको पर्साका एसपी कुमोध ढुंगेलले जानकारी दिए ।
२२ असोज २०६५ मा गिरी लगायत व्यक्तिकै संलग्नतामा जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालिन शाखा अधिकृत पदमा कार्यरत वर्ष ५२ को मोहन प्रसाद मैनालीलाई गोली हानी हत्या गरेका थिए । चन्दाका लागि उनीहरूले यसरी हत्या गरेका थिए । त्यस्तै, १२ भदौ २०५७ मा पर्साको विन्दवासिनीका देवेन्द्र प्रसाद यादबको हत्या गरी डकैती गरेको मुद्दामा पनि उनी फरार थिए ।
१९ फागुन २०६६ मा हातहतियार मुद्दामा उनी दोषी ठहर भइ फरार थिए । २०६० मा हातहियतर तथा खरखजनाका अन्य दुई मुद्दामा उनी फरार थिए भने २०५६ सालमा समेत उनीविरुद्ध सार्वजनिक अपराध मुद्दा दायर भएको एसपी ढुंगेलले बताए । ठूलो मेहनतपछि उनलाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ जेठ २०८१, १० : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नक्कली लाइसेन्स बोकेर १७ वर्षसम्म विमान उडाउने पाइलट वाल पक्राउ
जेन जेड आन्दोलनमा नख्खु कारागारबाट फरार कैदी म्याग्दीबाट पक्राउ
चितवनमा विभिन्न मुद्दाका १५ जना फरार प्रतिवादी पक्राउ
चेक अनादर मुद्दामा ग्रेटर नेपाल अभियन्ता फणिन्द्र नेपाल पक्राउ
७ लाख ९५ हजार भारतीय रुपैयाँसहित एक जना पक्राउ
बारामा ३ वर्षअघिको हत्याकाण्ड: फरार अभियुक्त पक्राउ परी पुर्पक्षका लागि जेल चलान