चितवन । भरतपुर महानगरपालिकामा रहेका दुई हजारभन्दा बढी किसानलाई उन्नत बीउमा अनुदान सहयोग गरिएको छ ।
महानगरपालिकाका ७० वटा सहकारीमा आबद्ध बढी दुई हजार दुई सय ३६ किसानलाई उन्नत गहुँ र तोरीको बीउ अनुदानमा वितरण गरिएको महानगर कृषि शाखा प्रमुख तेजेन्द्रप्रसाद पौडेललले जानकारी दिए। उनका अनुसार ३४ सहकारी समूहका नौँ ६९ र ३६ सहकारीका एक हजार दुई सय ९७ किसानले तोरीको उन्नत बीउ पाएका छन् ।
करेसाबारीका लागि हिउँदे र वसन्ते तरकारी बीउका दुईरदुई हजार किट र एउटा परिवारका लागि गहुँको बीमा प्रतिकिलो रु एक सय र तोरीको बीउमा प्रतिकिलो रु ३० अनुदान दिइएको महानगरले जनाएको छ । “अघिल्ला वर्षमा धान र मकैको बीउ अनुदान दिइएका थिए । यस वर्ष भने बजेट अभावका कारण गहुँ र तोरीको बीउमात्रै अनुदानमा दिइएको हो । यसले किसानलाई ठूलो सहयोग पुगेको छ”, उनले भने ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ०७ जेठ २०८१, १३ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फोहोर प्रशोधन केन्द्रका लागि वन क्षेत्रको जग्गा प्राप्ति प्रक्रिया अन्तिम चरणमा, भरतपुर महानगरद्वारा थप बजेट सुनिश्चित
भरतपुर महानगरका तत्कालीन वरिष्ठ इन्जिनियर आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा
भरतपुर महानगरले दियो ७ हजार बढीलाई नि:शुल्क सीप तालिम
भरतपुर महानगरको सार्वजनिक सुनुवाई: प्रशंसा, ध्यानाकर्षण र सुझाव !
भरतपुर महानगरमा चार सय ३८ विद्यार्थीलाई छात्रवृत्ति
अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान