काठमाडौँ । काठमाडौँ र कास्की जिल्लामा जुवातास खेलिरहेका ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।काठमाडौँ महानगरपालिका-३२ सुविधानगर बस्ने ६६ वर्षीय केशर कोइरालाको घरमा जुवातास खेलिरहेको अवस्थामा केशर समेत ५ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २९ हजार २ सय ९५ रुपैयाँ र २१ बुक ताससहित पक्राउ गरेको हो ।कास्कीको पोखरा महानगरपालिका-७ रत्नचोक बस्ने अर्जुन कुमार श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठ समेत ६ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १५ हजार २ सय २५ रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ जेठ २०८१, १४ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रौतहटमा नक्कली नोटसहित तीनजना पक्राउ
जेनजीका नाममा सरकारी कार्यालयमा आगजनीमा संलग्नको आरोपमा पूर्वमन्त्री मोदीका स्वकीय सचिव पक्राउ
क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा पक्राउ
महिलाको हातबाट ब्याग खोस्ने चारजना पक्राउ
जेनजी आन्दोलनका क्रममा चितवनमा आगजनी गर्ने ४३ जना पक्राउ
जेनजी प्रदर्शनमा एटीएम तोडफोड गरेको आरोपमा युवक पक्राउ