काठमाडौँ । काठमाडौँ र कास्की जिल्लामा जुवातास खेलिरहेका ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।काठमाडौँ महानगरपालिका-३२ सुविधानगर बस्ने ६६ वर्षीय केशर कोइरालाको घरमा जुवातास खेलिरहेको अवस्थामा केशर समेत ५ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २९ हजार २ सय ९५ रुपैयाँ र २१ बुक ताससहित पक्राउ गरेको हो ।कास्कीको पोखरा महानगरपालिका-७ रत्नचोक बस्ने अर्जुन कुमार श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठ समेत ६ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १५ हजार २ सय २५ रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ जेठ २०८१, १४ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पर्सा–२ का उम्मेदवार चौधरीसहित चार जना पक्राउ
सिरहा–३ का जसपा नेपालका उम्मेदवार अशेश्वर यादव पक्राउ
श्रीमतीको हत्यापछि भागेका व्यक्ति पक्राउ
डकैतीमा संलग्न रहेको आरोपमा चारजना पक्राउ
युवकको हत्या अभियोगमा दुई जना पक्राउ
स्रोत नखुलेको १४ लाख नगदसहित युवक पक्राउ