काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफूहरुले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा नमागेको दाबी गरेका छन्। पार्टी निकट लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनको साधारण सभालाई सम्बोधन गर्दै आफूहरुले गृहमन्त्रीलाई सदनमा बोल्दै नदिएको भन्ने कुरामा पनि सत्यता नभएको बताए।
उनले भने, ‘हामीले बोल्न नदिएको होइन रवीजीलाई, बोल्नुस् भनेको हौं। तर, तपाईंले बोल्ने तपाईंको कुरामा चित्त बुझे हामी बस्छौं होइन भने तपाईंले बोलेको कुरामा खण्डन गर्छौँ भन्दा स्वीकार्य भएन। राजीनामा हामी भन्दैनौं उहाँ सरकारमा नभएको भए त्यो पनि गृहमन्त्री नभएको भए केही पनि गर्दैनौंथ्यौं होला। उहाँलाई अहिले जुन कुराको आरोप लागेको छ, त्यो कुरा होइन भनेर पुष्टि गरिदिनुपर्यो। त्यो कुरा पुष्टि गर्नको लागि उपप्रधान तथा गृहमन्त्री त भइरहनुहोस्, तर, गृहमन्त्रालयमा त बस्नु भएन नि। गृहमन्त्रालयमा बसेर सिआइबीले कसरी छानविन गर्छ ?
उनले गृहमन्त्री लामिछानेले आफूमाथि लागेको आरोप होइन भन्ने पुष्टि गर्नकै लागि भएपनि समिति बनाउन तयार हुनुपर्ने बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ जेठ २०८१, १३ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसदीय सुनुवाइमा काँग्रेसको प्रश्न : बेञ्च-बार सम्बन्ध सुधार कसरी गर्ने ?
सीमावर्ती क्षेत्रमा अदालतको आदेश कार्यान्वयन नभएको भन्दै सरकारप्रति काँग्रेसको असन्तुष्टि
प्रधानमन्त्रीले संसद् अवहेलना गरेको काँग्रेसको आरोप
गणतन्त्र दिवसकै दिन नयाँ पार्टी घोषणा गर्ने तयारीमा खड्का समूह
नेपाली काँग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ नियुक्त
संसदमा प्रधानमन्त्रीको खोजी, रुलिङ गर्न सभामुखसँग कांग्रेसको माग