काठमाडौँ । काभ्रे घर भएकी ४५ वर्षीया महिलालाई कुवेतमा पठाएर बन्धक बनाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रतिष्ठित कम्पनीमा ‘आकर्षक तलब आउने काममा लगाउँछौँ’ भनेर कुवेतमा पुर्याएर उनीहरुले बन्धक बनाएका हुन् ।
पीडितलाई कुवेतस्थित नेपाली राजदूतावास सँग समन्वय गरेर उद्धार गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए ।
काठमाडौँबाट महिलालाई कुवेत पठाउने गिरोहका गोपाल सुनार उर्फ राकेश र आकाशबाबु विक उर्फ आयुषलाई प्रहरीले पक्राउ गरेको छ । दैलेख घर भएका २४ वर्षीय सुनार र गोरखा घर भएका २५ वर्षीय विकलाई बौद्धस्थित पिपलबोटबाट पक्राउ गरिएको एसपी रेग्मीले जानकारी दिए ।
पीडितको दाइले घटनाबारे प्रहरीलाई खबर गरेपछि डीएसपी गोविन्द पन्थी नेतृत्वको टिमले अनुसन्धान गरेका हुन् । गोपाल सुनारको समूहले हालसम्म २५ जना महिलाहरूलाई कुवेत पठाएको अनुसन्धानबाट थाहा भएको छ । उनीहरूलाई कारबाही गर्न उपत्यका अपराध अनुसन्धान कार्यालयले मानव बेचबिखन ब्युरोमा पठाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ जेठ २०८१, १४ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा संलग्न तीन जना पक्राउ
चितवनमा ठूलो परिमाणमा ट्रामाडोलसहित पाँच जना पक्राउ
फरार दुई प्रतिवादी पक्राउ
एमालेका नेता कोइरी पक्राउ
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ