काठमाडौँ । काभ्रे घर भएकी ४५ वर्षीया महिलालाई कुवेतमा पठाएर बन्धक बनाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रतिष्ठित कम्पनीमा ‘आकर्षक तलब आउने काममा लगाउँछौँ’ भनेर कुवेतमा पुर्याएर उनीहरुले बन्धक बनाएका हुन् ।
पीडितलाई कुवेतस्थित नेपाली राजदूतावास सँग समन्वय गरेर उद्धार गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए ।
काठमाडौँबाट महिलालाई कुवेत पठाउने गिरोहका गोपाल सुनार उर्फ राकेश र आकाशबाबु विक उर्फ आयुषलाई प्रहरीले पक्राउ गरेको छ । दैलेख घर भएका २४ वर्षीय सुनार र गोरखा घर भएका २५ वर्षीय विकलाई बौद्धस्थित पिपलबोटबाट पक्राउ गरिएको एसपी रेग्मीले जानकारी दिए ।
पीडितको दाइले घटनाबारे प्रहरीलाई खबर गरेपछि डीएसपी गोविन्द पन्थी नेतृत्वको टिमले अनुसन्धान गरेका हुन् । गोपाल सुनारको समूहले हालसम्म २५ जना महिलाहरूलाई कुवेत पठाएको अनुसन्धानबाट थाहा भएको छ । उनीहरूलाई कारबाही गर्न उपत्यका अपराध अनुसन्धान कार्यालयले मानव बेचबिखन ब्युरोमा पठाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ जेठ २०८१, १४ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिन्धुलीमा ५७ हजार अमेरिकी डलरसहित एकजना पक्राउ
प्रहरीमाथि चक्कु प्रहार गर्ने गिरोहका ४ जना पक्राउ
१० लाख बढी हुन्डीको रकमसहित ३ जना पक्राउ
पर्यटकलाई दुःख दिने १२ जना पक्राउ
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ