काठमाडौं । अमेरिका पठाउछु भन्दै नेपालीलाई केन्यामा बन्धक बनाउने गिरोहका मुख्य आरोपी पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नेपालीहरूलाई अमेरिका पठाउने भन्दै केन्या पुर्याएर बन्धक बनाउने गिरोहका मुख्य आरोपी पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जगतबहादुर तामाङ छन्। उनीसहितअन्य तीन व्यक्तिले २५ जना नेपालीहरूलाई अमेरिका पठाउने भनेर अवैध बाटोबाट केन्या पुर्याएको अनुसन्धानबाट खुलेको छ।
१० जना नेपालीहरु केही दिन अघि नै नेपाल आइसकेका छन्। अन्य १५ जना भने केन्याम बन्धक रहेको प्रहरीले बताएको छ। प्रहरीका अनुसार अवैध बाटोबाट अमेरिका हिँड्दा बन्धक बनेका १० जना नेपाल फर्किएपछि उनीहरुकै उजुरीको आधारमा ३ जनालाई प्रहरीले गत वैशाख २७ गते नै पक्राउ परेका थिए।
प्रकाउ पर्नेमा सिन्धुपाल्चोक घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ११ कपन बस्ने ४७ वर्षीय टासी शेर्पा, जोरपाटी बस्ने ४२ वर्षीया ङिमवटी शेर्पा र १९ वर्षीया निमा शेर्पा रहेका थिए। उनीहरूले १० जना नेपालीहरूबाट ५ करोड ५० लाख रुपैयाँ ठगी गरेका थिए।
त्यस्तै प्रहरीले समात्छ भन्ने लागेपछि गिरोहले बन्धक बनाएका १० नेपालीलाई पासपोर्ट फिर्ता गरेको र अन्य १५ जनाबाट ७ करोड बढी ठगी गरेको अनुसन्धानबाट खुलेको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३१ बैशाख २०८१, १२ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नक्कली लाइसेन्स बोकेर १७ वर्षसम्म विमान उडाउने पाइलट वाल पक्राउ
जेन जेड आन्दोलनमा नख्खु कारागारबाट फरार कैदी म्याग्दीबाट पक्राउ
चितवनमा विभिन्न मुद्दाका १५ जना फरार प्रतिवादी पक्राउ
चेक अनादर मुद्दामा ग्रेटर नेपाल अभियन्ता फणिन्द्र नेपाल पक्राउ
७ लाख ९५ हजार भारतीय रुपैयाँसहित एक जना पक्राउ
बारामा ३ वर्षअघिको हत्याकाण्ड: फरार अभियुक्त पक्राउ परी पुर्पक्षका लागि जेल चलान