बागलुङ । कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतबाट १० वर्ष कैद सजाय तोकिएका फरार अभियुक्त १८ वर्षपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा बागलुङको निसीखोला गाउँपालिका-४ घर भइ हाल कपिलबस्तुको बाँणगंगा नगरपालिका-७ बस्ने ५१ वर्षकी दुर्गा गौतम भन्ने दुर्गा आचार्य र उनकै सहोदर बहिनी ४६ वर्षीय पार्वती आचार्य रहेका छन्।
जिल्ला प्रहरी कार्यालय बागलुङको टोलीले दुवैलाई वैसाख २२ गते कपिलबस्तुकै बाँणगंगा स्थित बनगाई भन्ने स्थानबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।
बागलुङ प्रहरीका सूचना अधिकारी बिजय यादवका अनुसार उनीहरूलाई जिल्ला अदालतमा पेश गरेकोमा अदालते कारागार चलान गरेको जनाएको छ। फैसला कार्यान्वयनका लागि अदालतले आदेश दिएपछि दुवैजनालाई प्रहरी हिरासतबाट कारागार पठाइएको हो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३० बैशाख २०८१, १९ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ठगी गरेको अभियोगमा एक जना पक्राउ
जेन-जी रेड फोर्सकी संयोजक पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ
ओली क्याबिनेटका तीन सदस्य पक्राउ
ओली र लेखकको पक्राउप्रति तरुण दलको विरोध
चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने पाँच जना पक्राउ