काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जनालाई प्रहरीले सुनसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानरपालिका–५ घर भएका ३७ वर्षीय विजयकुमार लिम्बु रहेका छन्।
लिम्बुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ५० ग्राम अवैध सुन सहित पक्राउ गरेको हो। उनले बिहीबार कतारबाट अवैध रुपमा ५० ग्राम सुन ल्याएको भन्ने सूचनाका आधारमा खटिएको टोलीले पक्राउ गरिएको प्रहरीले जनाएको छ।
ब्रासलेट र औँठी आकारमा ल्याएको ५० ग्राम बराबरको सुन उनको साथबाट बरामद भएको छ। पक्राउ परेका लिम्बुलाई कारबाहीका लागि विमानस्थल भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ बैशाख २०८१, १९ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ
जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
३ किलो ४ सय ग्राम कोकिनसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ३६ लाख ठगी, दुई जना पक्राउ
मानव बेचबिखनका आरोपी १६ वर्षपछि पक्राउ
गोली हानेर ब्राउन सुगर बोक्ने २ जना पक्राउ