काठमाडौं । सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर ब्यूरोले मकवानपुर घर भई हाल काठमाडौं महानगरपालिका-३२ बस्ने २४ वर्षी फुर्साङ रूम्बालाई जडिबुटीबाट पक्राउ गरेको हो ।
पक्राउ परेका उनमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उनी वैदेशिक रोजगारीमा रहँदा सामाजिक सञ्जालको दुरूपयोग गरी फेक अकाउन्ट बनाएर पीडित महिलाका साथीहरूले प्रयोग गर्ने सामाजिक सञ्जालमा गोप्य अङ्गहरुको फोटो/भिडियो पठाउने गरेको प्रहरीको आरोप छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ बैशाख २०८१, १३ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिन्धुलीमा ५७ हजार अमेरिकी डलरसहित एकजना पक्राउ
प्रहरीमाथि चक्कु प्रहार गर्ने गिरोहका ४ जना पक्राउ
१० लाख बढी हुन्डीको रकमसहित ३ जना पक्राउ
पर्यटकलाई दुःख दिने १२ जना पक्राउ
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ