काठमाडौं । सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर ब्यूरोले मकवानपुर घर भई हाल काठमाडौं महानगरपालिका-३२ बस्ने २४ वर्षी फुर्साङ रूम्बालाई जडिबुटीबाट पक्राउ गरेको हो ।
पक्राउ परेका उनमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उनी वैदेशिक रोजगारीमा रहँदा सामाजिक सञ्जालको दुरूपयोग गरी फेक अकाउन्ट बनाएर पीडित महिलाका साथीहरूले प्रयोग गर्ने सामाजिक सञ्जालमा गोप्य अङ्गहरुको फोटो/भिडियो पठाउने गरेको प्रहरीको आरोप छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ बैशाख २०८१, १३ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नक्कली लाइसेन्स बोकेर १७ वर्षसम्म विमान उडाउने पाइलट वाल पक्राउ
जेन जेड आन्दोलनमा नख्खु कारागारबाट फरार कैदी म्याग्दीबाट पक्राउ
चितवनमा विभिन्न मुद्दाका १५ जना फरार प्रतिवादी पक्राउ
चेक अनादर मुद्दामा ग्रेटर नेपाल अभियन्ता फणिन्द्र नेपाल पक्राउ
७ लाख ९५ हजार भारतीय रुपैयाँसहित एक जना पक्राउ
बारामा ३ वर्षअघिको हत्याकाण्ड: फरार अभियुक्त पक्राउ परी पुर्पक्षका लागि जेल चलान