पोखरा । पोखराबाट सामूहिक बलात्कार आरोपमा ३ जना पक्राउ परेका छन् । गत २४ गते उनीहरूलाई अमरसिंह चोकबाट पक्राउ गरिएको हो । मादी गाउँपालिका ९ का ३६ वर्षीय चन्द्रबहादुर थापा, पोखरा १२ का ३८ वर्षीय कृष्ण रानाभाट र सोही ठाउँका २९ वर्षीय विनोद परियार पक्राउ परेका हुन् ।
उनीहरुले खाजा खान जाम भनि बसमा लगेर बलात्कार गरेका प्रहरी अनुसन्धानबाट खुलेको छ । `खाजा खान जाम भनी ललाई फकाई खेलकुद मैदानमा पार्किङ गरी राखेको बस भित्र लगी बियर समेत सेवन गर्न लगाएको भेटियो,´ कास्की प्रहरी डीएसपी वसन्तकुमार शर्माले भने, `त्यसपछि पालैपालो जबरजस्ती करणी गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
तीनै जनालाई जिल्ला अदालतबाट जबरजस्ती करणी (सामूहिक) मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरिएको शर्माले बताए । `लामो समय गाडीको ढोका बन्द रहेको र सीआरभीले खोल्दा आपत्तिजनक अवस्थामा भेटियो,´ उनले भने, `महिला काठमाडौँबाट आएको भन्ने छ । घटनाबारे प्रस्ट हुन बाँकी छ ।´
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ बैशाख २०८१, १६ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा संलग्न तीन जना पक्राउ
चितवनमा ठूलो परिमाणमा ट्रामाडोलसहित पाँच जना पक्राउ
फरार दुई प्रतिवादी पक्राउ
एमालेका नेता कोइरी पक्राउ
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ