पोखरा । पोखराबाट सामूहिक बलात्कार आरोपमा ३ जना पक्राउ परेका छन् । गत २४ गते उनीहरूलाई अमरसिंह चोकबाट पक्राउ गरिएको हो । मादी गाउँपालिका ९ का ३६ वर्षीय चन्द्रबहादुर थापा, पोखरा १२ का ३८ वर्षीय कृष्ण रानाभाट र सोही ठाउँका २९ वर्षीय विनोद परियार पक्राउ परेका हुन् ।
उनीहरुले खाजा खान जाम भनि बसमा लगेर बलात्कार गरेका प्रहरी अनुसन्धानबाट खुलेको छ । `खाजा खान जाम भनी ललाई फकाई खेलकुद मैदानमा पार्किङ गरी राखेको बस भित्र लगी बियर समेत सेवन गर्न लगाएको भेटियो,´ कास्की प्रहरी डीएसपी वसन्तकुमार शर्माले भने, `त्यसपछि पालैपालो जबरजस्ती करणी गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
तीनै जनालाई जिल्ला अदालतबाट जबरजस्ती करणी (सामूहिक) मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरिएको शर्माले बताए । `लामो समय गाडीको ढोका बन्द रहेको र सीआरभीले खोल्दा आपत्तिजनक अवस्थामा भेटियो,´ उनले भने, `महिला काठमाडौँबाट आएको भन्ने छ । घटनाबारे प्रस्ट हुन बाँकी छ ।´
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ बैशाख २०८१, १६ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
४ सय ७५ किलो गाँजासहित २ जना पक्राउ
विभिन्न कारागारबाट भागेका ७ जना कैदी झापाबाट पक्राउ
स्रोत नखुलेको नगद सहित तीन जना पक्राउ
७३० राउण्ड गोली सहित ८ जना पक्राउ
नख्खु कारागारबाट भागेका सञ्जय टक्ला पक्राउ
मोटरसाइकल चोरीमा संलग्न एकजना पक्राउ