काठमाडौं। ललितपुरको टाखेलमा बसबाट खसेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार वर्षीया आर्या सञ्जेल छिन् । बिहीबार बिहान पौने १० बजे गोदावरी नगरपालिका– १० टाखेलमा बा४ ख ७०४ नम्बरको यात्रुवाहक बस रोक्ने क्रममा आर्या बसबाट खसेकी थिइन् ।
बसबाट खसेर गम्भीर घाइते भएकी सञ्जेललाई उपचारका लागि ग्वार्कोस्थित बीएन्डबी अस्पताल पुर्याएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको जानकारी जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता नरेशराज सुवेदीले दिए ।प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ बैशाख २०८१, १६ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सार्वजनिक बसमा पनि ‘लगेज ट्याग’ प्रलाणी लागू
मकवानपुरमा बिजुलीको पोलमा ठोकियो यात्रु बस, २२ जना घाइते
चितवनमा बस पल्टिँदा ३८ जना घाइते
त्रिशूली किनारामा पुरिएको बस निकाल्ने प्रयास सकस
त्रिशुलीमा बस बालुवामा पुरिएकाे अस्थामा भेटियो
अल्जेरियामा बस नदीमा खस्यो, १८ जनाको मृत्यु