बुटवल । बुटवलको कालिकानगर स्थित कालिका पथमा रहेको बैदवार फार्मेसीका सञ्चालक पक्राउ परेका छन् ।
डाक्टरको सिफारिसबिना औषधि बिक्री वितरण गर्ने गरेको र विभिन्न औषधि मिलाएर लागु औषधका रूपमा युवाहरूलाई बिक्री वितरण गर्ने गरेको पाइएपछि इलाका प्रहरी कार्यालय बुटवलले सञ्चालक कमलबहादुर विकलाई नियन्त्रणमा लिएको जनाएको छ ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख विजयराज पण्डितले लागु औषध प्रयोगकर्ताहरूको सूचनाको आधारमा मेडिकलमा छापा मारेको बताए ।
डाक्टरको सिफारिसबिना औषधि बिक्री वितरण गरेको केही औषधिहरू लागु औषधका रूपमा प्रयोग गर्ने गरी मिलाएर बिक्री गरेको पाइएको प्रमुख पण्डितको जानकारी दिए । उनले थप अनुसन्धान सुरु भएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ बैशाख २०८१, १३ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ
जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
३ किलो ४ सय ग्राम कोकिनसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ३६ लाख ठगी, दुई जना पक्राउ
मानव बेचबिखनका आरोपी १६ वर्षपछि पक्राउ
गोली हानेर ब्राउन सुगर बोक्ने २ जना पक्राउ