बुटवल । बुटवलको कालिकानगर स्थित कालिका पथमा रहेको बैदवार फार्मेसीका सञ्चालक पक्राउ परेका छन् ।
डाक्टरको सिफारिसबिना औषधि बिक्री वितरण गर्ने गरेको र विभिन्न औषधि मिलाएर लागु औषधका रूपमा युवाहरूलाई बिक्री वितरण गर्ने गरेको पाइएपछि इलाका प्रहरी कार्यालय बुटवलले सञ्चालक कमलबहादुर विकलाई नियन्त्रणमा लिएको जनाएको छ ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख विजयराज पण्डितले लागु औषध प्रयोगकर्ताहरूको सूचनाको आधारमा मेडिकलमा छापा मारेको बताए ।
डाक्टरको सिफारिसबिना औषधि बिक्री वितरण गरेको केही औषधिहरू लागु औषधका रूपमा प्रयोग गर्ने गरी मिलाएर बिक्री गरेको पाइएको प्रमुख पण्डितको जानकारी दिए । उनले थप अनुसन्धान सुरु भएको बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ बैशाख २०८१, १३ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ
४० हजार घुससहित सशस्त्र प्रहरी निरीक्षक पक्राउ
लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ
व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ
ठगी गरेको अभियोगमा एक जना पक्राउ
जेन-जी रेड फोर्सकी संयोजक पक्राउ