वासिङ्टन डिसी । चिनियाँ सर्ट भिडियो शेयरिङ एप टिकटकले अमेरिका सरकारविरुद्ध मुद्दा हालेको छ । अमेरिकाले हालै टिकटकको अमेरिकी व्यवसाय बेच्न होइन भने प्रतिबन्धको सामना गर्न कम्पनीलाई बाध्य बनाउने कानुन पारित गरेको थियो । सो कानुनको विरुद्धमा टिकटक मङ्गलवार अदालतमा गएको हो ।
अप्रिलमा बाइडेनले अप्रिलमा टिकटक बेच्न मातृ कम्पनी बाइटडान्सालाई ९ महिनाभित्रका समय दिने विधेयकलाई कानुनमा हस्ताक्षर गरेका थिए । व्यवसाय बेच्ने प्रक्रियामा प्रगति भइरहेको देखिएमा कम्पनीले थप ३ महिनाको म्याद पनि पाउनेछ ।
टिकटकको व्यवसाय बेच्ने कुरा व्यावसायिक, प्राविधिक र कानुनी रूपमै समेत सम्भव नभएको टिकटकको तर्क छ । कङ्ग्रेसले इतिहासमै पहिलो पटक प्लेटफर्मको नाम तोकेर देशैभर प्रतिबन्ध लगाउने कानुन पारित गरेको छ ।
विदेशी स्वामित्वको टिकटक अमेरिकाको राष्ट्रिय सुरक्षामा जोखिम रहेको अमेरिकी कानुन निर्माताहरूले लामो समयदेखि तर्क दिँदै आएका थिए । पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०२० मै कार्यकारी आदेशमार्फत टिकटकमाथि रोक लगाउन खोजेका थिए । तर सो प्रयास असफल भयो । कानुन पारित हुनु अघि टिकटकले अमेरिकी प्रयोगकर्ताहरूको डेटा सुरक्षित गर्न २ अर्ब डलर भन्दा धेरै रकम खर्च गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ बैशाख २०८१, ११ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टिकटक लाइभमा गालीगलौज गर्ने युवती पक्राउ
टिकटक अकाउन्टको निहुँमा पाकिस्तानी बुबाले छोरीको हत्या गरे : प्रहरी
कलाकारका लागि टिकटकको नयाँ प्लेटफर्म
अमेरिकामा टिकटकको म्याद ७५ दिन थप, प्रतिबन्धबाट बच्न बेच्न आवश्यक
ट्रम्पको आश्वासनपछि अमेरिकामा टिकटक पुनः सञ्चालनमा
अमेरिकामा टिकटक बन्द, खरिद गर्न नपाएपछि लगाइयो प्रतिवन्ध