काठमाडौं। भारतमा जारी लोकसभा निर्वाचनअन्तर्गत आज तेस्रो चरणको मतदान हुँदै छ । मतदाताले संसद्को तल्लो सदनको ९३ सिटका लागि प्रतिस्पर्धा गर्ने एक हजार तीन सय ५१ उम्मेदवारको भाग्यको फैसला गर्नेछन्।
निर्वाचन क्षेत्रहरू ११ राज्य र संघीय शासित क्षेत्रहरूमा फैलिएका छन्। मोदीको गृहराज्य गुजरातमा २५ सिटमा मतदान हुँदै छ ।मंगलबारको निर्वाचनमा केही विशिष्ट व्यक्ति प्रतिस्पर्धा गरिरहेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीका दाहिने हात मानिने गृहमन्त्री अमित शाह गुजरात राज्यको गान्धीनगर सहरबाट पुनः चुनाव लडिरहेका छन्।
प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले तेस्रो चरणमा गान्धीनगर लोकसभा सीटमा मतदान गरेका छन् । मतदानपछि प्रधानमन्त्री मोदीले गर्मीमा आफ्नो स्वास्थ्यको ख्याल गर्न र प्रशस्त पानी पिउन आग्रह गरे ।बिहारको सुपौलमा मतदानका क्रममा प्रिसाइडिङ अफिसर र एक सिपाहीको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ बैशाख २०८१, ११ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रबि लामिछाने र भारतका प्रधान मन्त्रि बीच साढे १० बजे भेटघाट हुदैं
दिल्लीमा रविको ‘डिप्लोमेटिक डेब्यु’ : 'उच्च नेतृत्वसँग भएको भेटघाटले नेपालको समकालीन राजनीतिमा नयाँ बहस'
रास्वपा सभापति लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता
भारतमा के गरिरहेका छन् रवि लामिछाने ? भोलि मोदीसँग भेट्ने कार्यक्रम तय
उच्चस्तरीय भेटवार्ताका लागि रवि लामिछाने भारत प्रस्थान
रविको भारत भ्रमणपूर्व प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति : संयोग कि नियोजित ?