सुनसरीबाट चाइनिज पेस्तोल र गोलीसहित दुईजना पक्राउ

सफल खबर संवाददाता

बुधबार, २४ असार २०८३, ०९ : ५७
सुनसरीबाट चाइनिज पेस्तोल र गोलीसहित दुईजना पक्राउ

काठमाडौं । सुनसरीको गढी गाउँपालिका–१, मदेली झण्डा चोकबाट चाइनिज पेस्तोल र गोलीसहित दुईजना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका–१७, रानीबस्ती बस्ने अन्दाजी ५१ वर्षीय नुर महोमद र विराटनगर महानगरपालिका–८, अशोक चोक बस्ने ३२ वर्षीय इम्रान खान छन् । उनीहरूलाई प्रहरीले बुधबार बिहान पक्राउ गरेको हो । 

अस्थायी प्रहरी चौकी चाँदबेलाबाट गस्तीमा खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा पैदल हिँडिरहेका उनीहरूमाथि शंका लागेपछि प्रहरीले चेकजाँच गरेको थियो ।

चेकजाँचका क्रममा नुरको साथबाट एक थान चाइनिज पेस्तोल र त्यसमा लोड गरिएको तीन राउन्ड गोली बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, दुवैजनामाथि अनुसन्धान भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस