काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको बैठक अहिले केही बेरमा बस्ने भएको छ । पार्टी कार्यालय बालकुमारीमा बस्ने बैठकमा समसामायीक विषयमा छलफल हुने बताइएको छ ।
यो पार्टी हलै विभाजित भएको छ । विभाजनको वैधताबारे पनि पार्टीमा छलफल हुने बताइएको छ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीलाई निर्वाचन आयोगले आधिकारिकता दिएपछि जसपा नेपालले आपत्ति जनाउँदै आएको छ ।
आयोगको निर्णय विरुद्धमा कानुनी उपचार खोज्ने यस पार्टीको तयारी छ । दल दर्ता सम्बन्धी कानुन निष्क्रिय भएको बेला निर्वाचन आयोगले राई नेतृत्वको पार्टी कसरी दर्ता गर्यो भन्दै यादव पक्षको जसपा त्यसका विरुद्धमा अदालत जाने भएको हो । यस विषयमा पनि आजको बैठकमा थप छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ बैशाख २०८१, ०८ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा आन्तरिक विवादमा नफसे सरकार पाँच वर्ष टिक्न सक्ने जसपाको विश्लेषण
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै