नयाँ दिल्ली। भारतको निर्वाचन आयोगले २३ देशका ‘निर्वाचन व्यवस्थापन निकाय’हरू (ईएमबीएस)बाट ७५ अन्तर्राष्ट्रिय आगन्तुकहरूलाई विश्वको सबैभन्दा ठूलो चुनावको अवलोकन गर्न आमन्त्रित गरेको छ ।
सहभागिताको मात्रा र परिमाणका हिसाबले यो अभ्यास पहिलो भएको निर्वाचन आयोगले जनाएको छ । आमन्त्रित प्रतिनिधिहरूले भुटान, मङ्गोलिया, अष्ट्रेलिया, मडागास्कर, फिजी, किर्गिज गणतन्त्र, रुस, माल्डोभा, ट्युनिसिया, सेशेल्स, कम्बोडिया, नेपाल, फिलिपिन्स, श्रीलङ्का, जिम्बाब्वे, बङ्गलादेश, काजाकिस्तान, जर्जियाजस्ता २३ देशका विभिन्न ईएमबीएस र सङ्गठनहरूको प्रतिनिधित्व गर्छन् ।
यी २३ राष्ट्रका साथमा इन्टरनेशनल फाउन्डेसन फर इलेक्टोरल सिस्टम्स (आईएफइएस)का सदस्यहरू तथा भुटान र इजरायलका मिडिया टोलीहरू पनि सहभागी हुनेछन् ।भारतको निर्वाचन निकायले उच्च मापदण्डको आम चुनाव गराउने आफ्नो प्रतिबद्धताको उदाहरण दिने र इएमबीएसलाई लोकतान्त्रिक उत्कृष्टताको प्रत्यक्ष साक्षीका लागि सुनौलो पुल प्रदान गर्ने भनेको छ ।
जारी लोकसभा चुनाव सन् २०२४ को समयमा ‘चुनावी आगन्तुक कार्यक्रम’ (आईईविपी) आयोजना गरेर अन्तर्राष्ट्रिय सहयोगलाई बढावा दिइरहेको भारतको निर्वाचन आयोग (ईसीआई)ले एक विज्ञप्तिमार्फत उल्लेख बताएको छ ।
मे ४ मा शुरू हुने कार्यक्रमले विदेशी इएमबीएसलाई भारतको निर्वाचन प्रणालीका सूक्ष्मताका साथै विश्वको सबैभन्दा ठूलो लोकतन्त्र (भारत)ले प्रयोग गर्ने उत्कृष्ट अभ्यासहरूबारे परिचित गराउन खोजेको इसिआईले जानकारी दिएको छ ।
प्रमुख निर्वाचन आयुक्त राजीव कुमार तथा निर्वाचन आयुक्तद्वय ज्ञानेश कुमार र डा सुखवीर सिंह सन्धुले मे ५ मा प्रतिनिधिहरूलाई सम्बोधन गर्नेछन् ।
त्यसपछि प्रतिनिधिहरू साना समूहमा छ वटा राज्य महाराष्ट्र, गोवा, गुजरात, कर्नाटक, मध्य प्रदेश र उत्तर प्रदेशका विभिन्न निर्वाचन क्षेत्रहरूमा मतदान र सम्बन्धित तयारीहरू अवलोकन गर्न प्रस्थान गर्ने र सो कार्यक्रम मे ९ मा समापन हुनेछ ।
अप्रिल १९ देखि शुरू भएको निर्वाचन सात चरणमा सञ्चालन भइरहेको र लोकसभा चुनाव जुन १ मा सम्पन्न हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २२ बैशाख २०८१, १४ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इंग्ल्याण्डविरुद्ध भारत : ६ जना खेलाडी शून्यमा आउट हुँदा बने रोचक रेकर्ड
कप्तान गिलको शतकको सहयोगमा भारत बलियो
रोमाञ्चक खेलमा इङ्गल्यान्डसँग भारत एक विकेटले पराजित
रोयल्टी बाँडफाँटबारे द्विपक्षीय नेपाल र भारतका संगीतकर्मीबीच सम्झौता
भारतले गण्डकीका ७ स्वास्थ्य संस्थालाई दियो एम्बुलेन्स
भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना