काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनालले हालै सम्पन्न इलाम–२ प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा पार्टीका मतदाताले एमाले उम्मेदवारलाई भोट हाल्दा पार्टीका उम्मेदवारको जमानत जफत भएको बताएका छन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका खनालले इलाममा पार्टीको शक्ति क्रान्तिकारी ढङ्गले परिचालित गर्न नसक्दा सोचेजति मत नआएको बताए । ‘इलामममा हाम्रो पार्टीको शक्ति नभएको होइन । तर त्यो शक्ति क्रान्तिकारी ढङ्गले परिचालित नै हुन सकेन’, खनालले भने, ‘आफ्नो शक्ति हुँदाहुँदै पनि अन्ततः साथीहरूले वामपन्थी एकताका नाममा तलैतलैबाट एमाले उम्मेदवारलाई मतदान गरे, यसले गर्दा हाम्रो स्थिति कमजोर देखियो ।’
एकीकृत समाजवादीले क्रान्तिकारी दिशा, नीति, सिद्धान्त, लक्ष्य, कार्यशैली र कार्यपद्दति लिएर जनतामा क्रान्तिकारी पार्टीको छवि निर्माण गर्दै जान नसक्नु आफूहरूको कमजोरी भएको खनालको ठहर छ । ‘हाम्रो पार्टी क्रान्तिकारी दिशा, नीति, सिद्धान्त, लक्ष्य, कार्यशैली र कार्यपद्दति लिएर अघि बढ्नुपर्ने थियो । यो विचार र कार्यक्रम लिएर जनताकाबीचमा क्रान्तिकारी पार्टीको छवि निर्माण गर्दै जान सकिएन’, नेता खनालले भने, ‘तर ती कुराहरू राम्रो ढङ्गले अघि बढाउन नसक्दा पार्टीप्रतिको आकर्षण कमजोर हुँदै गएको पाइयो ।’
इलाममा नेता खनाल चुनावी कमान्डरका रूपमा समेत खटिएका थिए । इलाम खनालको गृहजिल्ला समेत हो । तर निर्वाचनमा एमाले उम्मेदवार सुहाङ नेम्वाङ २७ हजार ७७२ मतसहित निर्वाचित हुँदा एकीकृत समाजवादीका उम्मेदवार जीतबहादुर राईले भने ४०८ मत मात्र पाएका थिए ।
यो क्षेत्रमा १ लाख १५ हजार ८८९ जना मतदाता रहेकोमा ६९ हजार ३७४ मत खसेको थियो । जसमा कांग्रेस उम्मेदवार डम्बर खड्काले २१ हजार ९४२ मतसहित दोस्रो, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बु ११ हजार ४५७ मतसहित तेस्रो र रास्वपाका मिलन लिम्बुले ५ हजार ५० मत पाएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १९ बैशाख २०८१, १३ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
'एमालेले निकाले पनि भीम रावल देशभक्त नेता हो’ : झलनाथ खनाल
लिपुलेकमात्र होइन, सुगौली सन्धिअघिका सबै भू-भाग नेपालकै हुन्: झलनाथ खनाल
झलनाथ र खड्गबहादुर विश्वकर्माबिच छलफल
माधव नेपाललाई भ्रष्टाचार मुद्दाबाट कसरी जोगाउने भन्नेमा छु, तर गलत बुझियो : झलनाथ खनाल
दलहरू मुलुकको आर्थिक तथा सामाजिक सुधारका लागि गम्भीर हुनुपर्छ : नेता खनाल
'हरेकदिन २५ सय मानिस विदेशिन्छन्, यही हो बहुदलीय जनवाद ?' : झलनाथ खनाल