काठमाडौं। अढाइ वर्षकी बालिकालाई बेचबिखन गरेको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको गोदावरी नगरपालिका-१३ घर भई काठमाडौं जडिबुटी बस्ने उर्मिला भन्ने ४३ वर्षीय कल्पना विश्वकर्मा रहेको प्रहरीले जनाएको छ ।
विश्वकर्माले मकवानपुरको एक परिवारकी बालिकालाई होस्टेलमा राखि पढाई दिने प्रलोभन देखाई काठमाडौंस्थित आफ्नै घरमा राखेको खुलेको छ ।
उनले ती बालिकालाई झापाको काकरभिट्टा पुर्याई भारत सिलगुडीबाट आएकी उनकै साथीलाई सुम्पिएको भन्ने सूचनाको आधारमा प्रहरी, राष्ट्रिय बालबालिका खोजतलास केन्द्र तथा राष्ट्रिय बाल अधिकार परिषद्को पहलमा सोमबार ती बालिकाको उद्दार गरी हाल सुरक्षित आवासगृहमा राखिएको छ ।
मानवबेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले विश्वकर्मालाई काठमाडौंको भृकुटीमण्डपबाट पक्राउ गरेको हो ।उनी उपर मानवबेचबिखन तथा ओसार पसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ बैशाख २०८१, १२ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कुवेत लगेर मानव बेचबिखन गरेको अभियोगमा एक जना पक्राउ
लागूऔषधसहित देशका विभिन्न स्थानबाट सात जना पक्राउ
कैलालीबाट लागूऔषधसहित दुई जना पक्राउ
जापान पठाइदिने भन्दै ठगी गरेको अभियोगमा दुई जना पक्राउ
जापान पठाइदिने भन्दै ठगी गर्ने गिरोह सक्रिय, २१९ जनालाई ठगी गरेको आरोपमा २ जना पक्राउ
अवैध लागू औषधसहित १२ जना पक्राउ