काभ्रे । काभ्रेको भुम्लुमा आज (बुधबार) बिहान सुमो दुर्घटना हुँदा १० जना घाइते भएका छन्।
प्रहरीका अनुसार काभ्रेको कात्तिकेदेउरालीबाट दोलालघाटतर्फ आउँदै गरेको ना १ ज ६२९१ नम्बरको सुमो बिहान ८ः३० बजे भुम्लु गाउँपालिका-५, मुलाबारीमा सडकबाट खसेको हो।
दुर्घटनामा चालकसहित १० जना घाइते भभएको प्रहरीले जनाएको छ। घाइतेहरूलाई प्राथमिक उपचारका लागि प्राथामिक स्वास्थ्य केन्द्र कोलाली पठाइएको छ।
उक्त गाडीमा ८ महिला र २ पुरुष सवार थिए। घाइतेमध्ये तीन महिलाको अवस्था गम्भीर रहेको र अन्य ७ जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। घाइतेहरूको विवरण खुल्न बाँकी छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ बैशाख २०८१, १० : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेनजी आन्दोलनका घाइतेहरुकाे वर्गीकरण सम्बन्धि कार्यविधि तयार
जेनजी आन्दोलनका घाइतेहरूलाई ४८ लाख रुपैयाँ भैपरी खर्च
जेन जेड आन्दोलनका घाइतेलाई अर्थमन्त्री खनालले भेटे
सिंहदरबार गेटमा जेनजी आन्दोलनका घाइतेहरूको धर्ना
प्रहरीले हानेको रबरको गोली लागेर दुई फोटो पत्रकार घाइते
स्कारपियोसंग ठोक्किएर माइक्रो सडकमा पल्टिदा दुई जना घाइते