काभ्रे । काभ्रेको भुम्लुमा आज (बुधबार) बिहान सुमो दुर्घटना हुँदा १० जना घाइते भएका छन्।
प्रहरीका अनुसार काभ्रेको कात्तिकेदेउरालीबाट दोलालघाटतर्फ आउँदै गरेको ना १ ज ६२९१ नम्बरको सुमो बिहान ८ः३० बजे भुम्लु गाउँपालिका-५, मुलाबारीमा सडकबाट खसेको हो।
दुर्घटनामा चालकसहित १० जना घाइते भभएको प्रहरीले जनाएको छ। घाइतेहरूलाई प्राथमिक उपचारका लागि प्राथामिक स्वास्थ्य केन्द्र कोलाली पठाइएको छ।
उक्त गाडीमा ८ महिला र २ पुरुष सवार थिए। घाइतेमध्ये तीन महिलाको अवस्था गम्भीर रहेको र अन्य ७ जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। घाइतेहरूको विवरण खुल्न बाँकी छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ बैशाख २०८१, १० : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रहरीको लाठीचार्जबाट प्रदर्शनकारी घाइते, सिंहदरबार क्षेत्रमा सुरक्षा ‘हाइ अलर्ट'
गुल्मीमा माटोको ढिस्कोले पुरिएर २ जना घाइते
जेनजी आन्दोलनका घाइतेहरुकाे वर्गीकरण सम्बन्धि कार्यविधि तयार
जेनजी आन्दोलनका घाइतेहरूलाई ४८ लाख रुपैयाँ भैपरी खर्च
जेन जेड आन्दोलनका घाइतेलाई अर्थमन्त्री खनालले भेटे
सिंहदरबार गेटमा जेनजी आन्दोलनका घाइतेहरूको धर्ना