काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद्को अध्यक्षमा राजेशकाजी श्रेष्ठ चयन भएका छन् ।
चेम्बरका पूर्वअध्यक्ष समेत रहेका श्रेष्ठ सल्लाहकार परिषद्को अध्यक्षमा चयन भएका हुन् । परिषदले चेम्बरको संस्थागत विकास एवं व्यवसायीको क्षमता अभिवृद्धिका लागि सुझाव दिनेछ । परिषदमा महेश कुमार अग्रवाल, सुरेन्द्रवीर मालाकार सुरेशकुमार बस्नेत लगायत चेम्बर अभियानका अग्रजहरू हुन् ।
परिषदले सरकार र निजी क्षेत्रबिचको समन्वय, अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार, उद्यमी एवं व्यावसायिक हकहित एवं निजी क्षेत्रको भूमिकालाई थप सशक्त पार्न समन्वय गर्ने चेम्बरद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । पूर्वअध्यक्ष श्रेष्ठ चेम्बर अभियानमा ३ दशक देखि सक्रिय छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ११ बैशाख २०८१, १५ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नाउपाले लालवीर चौधरीलाई बनायो अध्यक्ष
काठमाडौँ जिल्ला अदालत बारको अध्यक्षमा चिलुवाल
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको अध्यक्षमा खनाल
सहकारी प्राधिकरणको अध्यक्षका लागि ६ र विज्ञ सदस्यको लागि ५ जनाको आवेदन
समाजवादी महिला संघ नेपालको अध्यक्षमा निर्मला यादव निर्वाचित
प्रेस सेन्टरको अध्यक्षमा दुईजनाको उम्मेदवारी