काठमाडौँ । भारत र बंगलादेशबीच ५० वर्षपछि जमिन आदानप्रदान भएको छ ।बंगलादेशका जनताले यसलाई ईद उपहार भनेका छन् । भारतले सीमावर्ती ठाकुरगाउँको रानीशंकोई उपजिल्लाको ५६.८६ एकड जमिन बंगलादेशलाई हस्तान्तरण गरेको छ । जवाफमा भारतले पनि बंगलादेशबाट १४.६८ एकड जमिन अधिग्रहण गरेको छ ।
भारतीय पक्षबाट बीएसएफ (सीमा सुरक्षा बल) र बंगलादेश पक्षबाट बीजीबी (बोर्डर गार्ड बंगलादेश) बीच झण्डा बैठकमा भूमि आदानप्रदान भएको थियो । भारत र बंगलादेशबीच सन् १९७४ मा जग्गा आदानप्रदानको सम्झौता भए पनि रानीशंकोईका विषयमा कुनै कारबाही भएन ।
बंगलादेशले भारतबाट प्राप्त गरेको जग्गालाई अब खस खटियाँ (सरकारी जग्गा) भनिनेछ । यसमध्ये ४८ दशमलव १२ एकड खेतीयोग्य, ६ दशमलव ८७ एकड चिया बगान र १ दशमलव ८७ एकड खेतीयोग्य छ । दुई देशबीचको भूमि आदानप्रदान सौहार्दपूर्ण रुपमा भएको बताइएको छ ।
बंगलादेशका अन्य ८ जिल्लामा जग्गा बाँडफाँडका लागि सर्वेक्षण प्रस्तावित छ । यसले दुई देशबीचको जग्गा बाँडफाँड गर्न अनुमति दिनेछ। सर्वेक्षणमा बीएसएफ, बीजीबीलगायत अन्य एजेन्सीहरू पनि संलग्न हुनेछन्। सर्वेक्षण वर्षको अन्त्यसम्ममा सम्पन्न हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०१ बैशाख २०८१, १३ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतले गर्यो सीएमएस-०३ उपग्रहको सफल प्रक्षेपण
नेपाल-भारतबीच संयुक्त लगानी सम्झौतामा हस्ताक्षर
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु
एसिया कप : आज भारत र पाकिस्तान भिड्दै
‘चाडपर्व छोडेर काम खोज्न भारत’
‘लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीचको सहमतिप्रति नेपालको आपत्ति’