काठमाडौं । त्रिभुवन विश्वविद्यालयको रेक्टरमा प्रा.डा.खड्क केसी र रजिष्ट्रारमा प्रा.डा.केदार रिजाल नियुक्त भएका छन् । त्रिविका उपकुलपति प्रा.डा. केशरजंग बरालले त्रिभुवन विश्वविद्यालयका कुलपति प्रधानमन्त्रीसमक्ष दुई जनाको नाम सिफारिस गरेपछि उनले रेक्टर र रजिष्ट्रार नियुक्त गरेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।
त्रिवि ऐनअनुसार रेक्टर र रजिष्ट्रार पदमा उपकुलपतिले सिफारिस गरेका व्यक्तिलाई कुलपतिले नियुक्ति गर्नुपर्ने व्यवस्था रहेको छ । रजिष्ट्रारमा नियुक्त रिजाल वातावरण विज्ञान विभागका प्राध्यापक हुन् भने केसी त्रिविको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभागमा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० चैत्र २०८०, २० : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आंगिक क्याम्पसहरूलाई विद्यार्थी संगठनका संरचना हटाउन त्रिभुवन विश्वविद्यालयको निर्देशन
त्रिभुवन विश्वविद्यालयमा पदाधिकारीहरूको सामूहिक राजीनामा
अतिरिक्त क्रियाकलापलाई शैक्षिक अंकभार
त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै
नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सञ्चालनका लागि नवीकरण सम्झौता
त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर तहको भर्ना खुल्यो