काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले सडक बत्ती बालेबापत बक्यौता नतिरेका स्थानीय तहको जुनसुकै बेला बिजुली काटिने चेतावनी दिएको छ ।
यसबाट सर्वसाधारणमा पर्ने असरप्रति प्राधिकरणले क्षमा समेत मागेको छ । सडक बत्तीको व्यवस्थित उपयोग र सो को महसुल भुक्तानी गर्ने सम्बन्धमा प्राधिकरणले १६ चैतमा एक सूचना प्रकाशित गरेको थियो । जसमा महसुल बुझाउन स्थानीय तहहरूलाई अनुरोध गरिएको थियो ।
केही तहले महसुल बुझाएको भए पनि कतिपय स्थानीय तहबाट बक्यौता नआएको भन्दै प्राधिकरणले शुक्रबार यस्तो चेतावनी दिएको हो ।
प्राधिकरणका अनुसार केही स्थानीय तहले भने रितपूर्वक ग्राहक बनेर सडक बत्तीको बक्यौता महसुल समर्थन गरी भुक्तानीको प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार अघिल्लो आर्थिक वर्षसम्म विभिन्न स्थानीय तहमा विद्युत् महसुल बक्यौता ६ अर्ब रुपैयाँभन्दा माथि छ । सबैभन्दा बढी काठमाडौं उपत्यकाको साढे १ अर्ब रुपैयाँभन्दा माथि छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ चैत्र २०८०, १५ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रान्सफर्मरको काम गर्दा भएको विद्युत अवरुद्धलाई लोडसेडिङ भनियो: नेपाल विद्युत् प्राधिकरण
ढल्केबर सबस्टेसनबाट विद्युत आपूर्ति शुरू
प्रतिकुल मौसमका कारण विद्युत् अवरुद्ध भएको हो, लोडसेडिङ भएको होइनः विद्युत् प्राधिकरण
संसद् बैठक अझै बस्न सकेन
विद्युत् प्राधिकरणको सञ्चालकमा दुई सदस्य नियुक्त
१५ दिनभित्र विद्युतको बक्यौता रकम नउठे प्रक्रिया अनुसार अघि बढ्छौँ : कुलमान घिसिङ