नेपाल विद्युत् प्राधिकरणले माग्यो कर्मचारी

सफल खबर संवाददाता

शुक्रबार, १८ पुस २०८२, ०८ : ००
नेपाल विद्युत् प्राधिकरणले माग्यो कर्मचारी

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विभिन्न पदमा कर्मचारी भर्नाका लागि आवेदन फाराम खुलाएको छ ।

आज एक सूचना जारी गर्दै प्राधिकरणले अधिकृतदेखि सहायक स्तरसम्मका पदहरूमा दरखास्त आह्वान गरेको हो ।

अधिकृतस्तरका सहनिर्देशकदेखि वातावरणविद्सम्म १३२ जना र सहायकस्तरका मिटररिडिङ सुपरभाइजर, सुपरभाइजर र लेखापाल पदहरूमा १३० जनाका लागि विज्ञापन खुलेको छ ।

इच्छुक उम्मेदवारहरूले माघ १० गतेभित्र अनलाइनमार्फत आवेदन दिन सक्ने सूचनामा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस