बुटवल। बुटवलबाट सुर्खेतका लागि छुटेको यात्रुबहाक बस दाङको देउखुरीमा दुर्घटना भएको छ । दुर्घटनामा परी १३ जना यात्रु घाइते भएका छन् ।लमही नगरपालिका–३ वनगाउँमा दुई वटा बस एक-आपसमा ठोकिँदा दुर्घटना भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिए ।
बुटवलबाट सुर्खेतका लागि छुटेको लु १ ख ७३६३ नम्बरको बस र तुलसीपुरबाट बुटवलका लागि छुटेको रा १ ख २५८१ नम्बरको बस एक-आपसमा ठोकिएका थिए ।दुर्घटना दुवै बसमा सवार यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।
सामान्य घाइतेहरूको अहिले लमही अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइतेलाई बुटवल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ चैत्र २०८०, १४ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रामेछाप बस दुर्घटनाबारे गृहमन्त्रीले लिए उपचाररत घाइतेको अवस्थाबारे जानकारी
धादिङ बस दुर्घटना: मृत्यु हुनेको संख्या १९ पुग्यो, नौ जनाको पहिचान
धादिङ बस दुर्घटना : गृह मन्त्रालयद्वारा छानबिन समिति गठन
तामाकोसी बस दुर्घटनामा बेपत्ता भएका दुईमध्ये एक बालकको शव ७ दिनपछि भेटियो
रामेछाप बस दुर्घटना अपडेट : सात जनाको मृत्यु, बेहोस अवस्थामा चार जनालाई अस्पताल लगिँदै
धरानमा बस दुर्घटना हुँदा पाँचको मृत्यु, १३ जना घाइते