काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले आफ्नो पार्टी संघीयताविरोधी नभएको दाबी गरेका छन् । इलाम–२ मा पार्टीको औपचारिक उम्मेदवार घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति वाग्लेले अहिलेको प्रादेशिक संरचना र कार्यशैलीमा सुधार आवश्यक रहेको बताए।
‘संघीयता विरोधी होइन रास्वपा। हामी रिभोलुसन अफ पावरमा विश्वास गर्छौँ,’ उनले भने, ‘अहिलेको प्रादेशिक संरचना र कार्यशैली हामी सुधार गर्न चाहन्छौँ। संख्या र सामथ्र्य पुगेको दिन यसलाई हामी सुधार गर्छौँ।’ साथै, उनले शक्ति विनियोजन गर्ने संघीय ढाँचालाई आफ्नो पार्टीले आत्मसाथ गरेको पनि उनले बताए। ‘पुराना पार्टीका मध्यमस्तरिय नेतालाई व्यवस्थापन गर्न बनेको जस्तो अहिलेको प्रादेशिक संरचना सुधार गर्छौँ,’ उनले भने। वाग्लेले आफ्नो पार्टीले उम्मेदवार बनाएका मिलन लिम्बूको विजयसँगै कोसी प्रदेशमा पनि रास्वपाले पनि नयाँ खाता खोल्ने बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १७ चैत्र २०८०, १६ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा महाधिवेशन : मधेस र निर्वाचन हुन नसकेका जिल्लाका लागि विशेष व्यवस्था
रास्वपाको सचिवालय बैठक सुरु: चितवन महाधिवेशन र विधान मस्यौदा मुख्य एजेन्डा
गणेश कार्कीले पाए रास्वपाको महाधिवेशन दस्तावेज तयारीको जिम्मेवारी
सभामुखको भूमिकामा कांग्रेस सांसदले प्रश्न उठाएपछि रास्वपाको आपत्ति
रास्वपा कर्णाली प्रदेश सभापतिमा मदन खड्का विजयी
रास्वपा कर्णाली सभापतिमा ३ जनाको उम्मेदवारी