झापा । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नागरिकका गुनासो सम्बोधनमा प्राथमिकता दिन निर्देशन दिएका छन् । जिल्ला प्रशासन कार्यालय झापामा शुक्रवार सुरक्षा अधिकारीहरूलाई निर्देशन दिँदै गृहमन्त्री लामिछानेले नागरिकलाई आशा र उत्साह जगाउन सकारात्मक सन्देश जाने गरी काम गर्न निर्देशन दिए । ‘आम नागरिकलाई सेवा दिनु नै तपाईँ/हाम्रो जिम्मेवारी हो,’ गृहमन्त्री लामिछानेले भने, ‘राजनीतिक रूपमा सरकार आउँछन्/जान्छन् । स्थायी सरकार (कर्मचारी)ले नागरिकको सेवालाई प्राथमिकता दिनुपर्छ ।’
कानूनले दिएको जिम्मेवारी पूरा गर्न निर्देशन दिँदै उनले भने, ‘कानूनभन्दा माथि कसैले काम गर्न दबाब र प्रभाव दिए मलाई भन्नुस् ।’ ‘कामका लागि निर्देशन कुर्ने होइन । आइडिया लगाएर काम गर्नु पर्छ,’ उनले भने ।
प्रश्न सोध्नेबाट आफू जवाफ दिने ठाउँमा पुगेको उल्लेख गर्दै गृहमन्त्री लामिछानेले अब कर्मचारीहरूको काम नै आफ्नो जवाफको आधार भएको बताए । ‘मलाई नाजवाफ बनाउनु हुन्छ कि स्पष्ट जवाफ दिने ? तपाईँहरूको हातमा छ । त्यही अनुसार काम गर्नुस्,’ उनले भने, ‘पीडितभन्दा पीडक पहिला प्रशासन/प्रहरीमा आउने, उनीहरूसँगै प्रशासन/प्रहरीको हिमचिम गर्ने प्रवृत्ति अन्त्य हुनैपर्छ ।’
कार्यक्रममा युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठसमेत उपस्थित थिए । सो अवसरमा प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जिल्लाको वस्तुस्थिति, सेवा प्रवाह, सुरक्षालगायत विषयमा गृहमन्त्री समक्ष ब्रिफिङ गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १६ चैत्र २०८०, १६ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उच्च मनोबलका साथ काममा खटिन ट्राफिक प्रहरीलाई गृहमन्त्रीको आग्रह
मध्यरात बालुवाटारको सडकमा सुदन गुरुङको अर्काे लफडा, आमेप्रकाश अर्याललाई गृहमन्त्री बनाएको भन्दै सुशीला कार्कीकै राजीनामा माग
द्वन्द्वको व्यवस्थापन भनेको सम्झौता पनि हो : गृहमन्त्री लेखक
सिपाही, हवलदारलाई तल्लो दर्जा भन्ने होइन : गृहमन्त्री
कैलाली कारागारमा साउन २२ गते भएको घटनाको छानविन गर्न समिति गठन
कैलाली कारागार घटनाबारे छलफल गर्न गृहमन्त्रीलाई संसदीय समितिले बोलायो