काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले एकै पटक एक दर्जन कानुन संशोधन गर्न लागेको बताएकी छन् ।
आज आयोजित नेपाल इटाली चेम्बर अफ कमर्स र इन्डस्ट्रीको १०औ वार्षिक साधारण सभामा बोल्दै मन्त्री शर्माले विदेशी लगानी ल्याउन दर्जनभन्दा बढी कानुन संशोधन गर्न लागेको बताएकी हुन् ।
उनले कार्यक्रममा बोल्दै यही वैशाखमा सरकारले आयोजना गर्न लागेको तेस्रो लगानी सम्मेलनलाई ध्यानमा राखेर कानुन संशोधन गर्न लागेको बताएकी हुन् । उनले भनिन्, ‘सो लगानी सम्मेलनमा नेपालको मित्र राष्ट्र इटालीबाट धेरै लगानीकर्ता ल्याउन सङ्घले भूमिका खेल्न सक्छ ।’


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १६ चैत्र २०८०, १४ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चार नयाँ मन्त्रीले लिए शपथ, अनिल सिन्हालाई थपियो पर्यटन
कहाँ छन् अन्तरिम सरकारका प्रधानमन्त्री देखि मन्त्रीका छोराछोरी ?
सचिव र मन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशन: सबै मन्त्रालयको ब्लूप्रिन्ट तयार पार्नू
नवनियुक्त चार मन्त्रीको शपथ २ बजेपछि
सुशीला कार्की नेतृत्वको सरकारमा यी हुन् अब चर्चामा रहेका तीन मन्त्री
नवनियुक्त चार मन्त्रीले लिए शपथ