काठमाडौँ । यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३२.३ अंकले घटेर बन्द भएको छ । गत साताको तुलनामा यो साताको कारोबार अवधिमा परिसूचक उच्च अंकले घट्दै २०४८.५७ अंकमा आएर रोकिएको हो ।
साताको ५ कारोबार दिनमध्ये एक दिन मात्रै नेप्से परिसूचकमा वृद्धि आयो । आइतबार १०.६२ अंकले घटेको नेप्से सोमबार भने ३.२७ अंकले बढ्यो । यस्तै, मंगलबार ६.२४ अंकले र बुधबार ३.३४ अंकले घट्यो । अन्तिम कारोबार दिन बिहीबार १५.३७ अंकले घट्दै समग्रमा १.५५ प्रतिशतले घट्यो ।
यो साता सेन्सेटिभ इन्डेक्स, फ्लोट इन्डेक्स र सेन्सेटिभ फ्लोट इन्डेक्समा समेत गिरावट आएको छ । सबैजसो सूचकमा गिरावट आएको साता कारोबार रकम पनि घटेको छ । यो साता नेप्सेमा १७ अर्ब ७० करोड रुपैयाँको कारोबार भएको छ । जुन, औसत दिनमा ५ अर्ब ५४ करोडको कारोबार हो ।
गत साता नेप्सेमा ४ दिन कारोबार भएको थियो । गत साताको सोमबार भने ग्याल्पो लोसार भएकाले कारोबार बन्द थियो । ४ कारबोर दिनमा नेप्सेमा १५ अर्ब ६८ करोड रुपैयाँको कारोबार भएको थियो । जुन, औसत दिनमा ३ अर्ब ९२ करोड रुपैयाँको कारोबार हो ।
यो साता कारोबार रकम र परिसूचक समेत घट्दा नेप्से बजार पूँजीकरण ३२ खर्ब ४८ अर्ब २५ करोड रुपैयाँमा आइपुगेको छ । गत साताको अन्तिम कारोबार दिनसम्ममा यो ३२ खर्ब ७० अर्ब रुपैयाँ थियो । यो २२ अर्ब अर्थात ०.६९ प्रतिशतको गिरावट हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० चैत्र २०८०, १४ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक २६ अंकले घट्यो
घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि
नेप्से २७ अंक बढ्दा साढे १० अर्बको कारोबार
नेप्से बढ्यो, कारोबार रकम घट्यो
सेयर बजारमा सामान्य ‘करेक्सन’
कारोबारसँगै बढ्यो सेयर बजार