काठमाडौँ । देशका विभिन्न स्थानबाट लागु औषधसहित नेपाल प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-४ नयाँठिमी चोकबाट अवैध लागु औषध गाँजा २ किलोसहित सोही ठाउँ बस्ने सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-९ घर भएका २२ वर्षीय बालकृष्ण श्रेष्ठ भन्ने रोशन श्रेष्ठलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
यसैगरी कञ्चनपुरको पुनर्वास नगरपालिका-११ डोके बजारबाट अवैध लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय ४० मिलिग्रामसहित कैलाली कैलारी गाउँपालिका-१ हसुलिया बस्ने १८ वर्षीय किशोरलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी परासनबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
उता बाँकेको बैजनाथ गाउँपालिका-४ नौलापुरबाट अवैध लागु औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५ सय २० मिलिग्रामसहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने माने भन्ने २१ वर्षीय मिलन थापा र १९ वर्षीय बिमल वली रहेका छन् ।
इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले मिलन थापाको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।
यस्तै काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-११ कपन त्रिवेणी चोकबाट अवैध लागु औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४८ मिलिग्रामसहित मकवानपुर हेटौंडा उपमहानगरपालिका-१३ घर भएका २३ वर्षीय राम बिकलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यता कास्कीको पोखरा महानगरपालिका-१२ नहरचोकबाट अवैध लागु औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम र नगद १३ हजार रूपैयाँसहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-१० अस्पताल चोक बस्ने ४९ वर्षीय नारायण बहादुर खत्री र स्याङजा घर भएका ५३ वर्षीय लोक बहादुर सेन ठकुरी रहेका छन् । वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले ग.१० प ५०६० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ चैत्र २०८०, १२ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्रोत नखुलेको ७ लाख रुपैयाँ सहित एकजना पक्राउ
क्रिप्टो कारोबारमा संलग्न ५२ जना पक्राउ
कर्णाली विकास बैंक घोटाला प्रकरणमा थप एक जना पक्राउ
स्रोत नखुलेको रकमसहित तीनजना पक्राउ
प्रहरी हुँ भन्दै शरीर बन्धक बनाई लुटपाट गरेको अभियोगमा दुई जना पक्राउ
१०७४ किलो गाँजासहित चार जना पक्राउ