काठमाडौं । नेपाली कांग्रेसका नेता अजयबाबु शिवाकोटीले माओवादीका केहि नेताले पार्टीका नाममा सुन तस्करीलाई मुख्य धन्दा बनाएका रहेछन् भन्ने उजागर भएको टिप्पणी गरेका छन्।
सुन प्रकरणमा पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेपछि उनले तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले पार्टीका नेताहरूलाई उन्मुक्ति दिएको पुष्टि भएको बताएका हुन्।
उनले भनेका छन्- निवर्तमान गृहमन्त्री, बहालवाला परराष्ट्रमन्त्री तथा माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले उन्मुक्ति दिएका माओवादीका अर्का उपाध्यक्ष एवं सुन तस्करीका एक मुख्य आरोपित कृष्ण बहादुर महरा भारत भगाइन लागेका बेला सीमावर्ती जिल्ला कपिलवस्तुबाट पक्राउ पर्नु र पूर्व उपराष्ट्रपति नन्द बहादुर पुनका छोरा तथा अनेरास्ववियूका महासचिव दीपेश पुन पक्राउ पर्नुबाट समेत माओवादीका केहि नेताले पार्टीका नाममा सुन तस्करीलाई मुख्य धन्दा बनाएका रहेछन् भन्ने उजागर भएको छ।
तस्कर, माफिया र अपराध ढाकछोप गर्नेहरूलाई साथमा लिएर प्रधानमन्त्री प्रचण्डले सुशासनको नारा भट्याएको टिप्पणी गरे। अपराधलाई ढाकछोप गर्ने नारायणकाजीजी अझै पनि मन्त्री पदमा बस्न लाज लाग्दैन ? भन्दै प्रश्न गरे। श्रेष्ठ अहिले उपप्रधान तथा परराष्ट्र मन्त्री छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ चैत्र २०८०, १२ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देश विकासको भिजन समेटिएको घोषणा पत्र तयार हुँदैछ : कांग्रेस महामन्त्री
चुनावमै देखिएनन देउवा, खड्का र सिंह, कांग्रेसमा आफ्नै भित्र अन्तरघातको आशंका
सर्लाही-४ केन्द्रित अध्ययनका लागि विषयगत टोली गठन
काँग्रेस पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम किन भयो स्थगित ?
कांग्रेसका पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम स्थगित
कांग्रेस सभापति थापा आज सर्लाही जाँदै