एजेन्सी । युक्रेनले रुसमाथि आक्रमण गरेको छ । आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ । रुसी अधिकारीहरूले युक्रेनले क्रास्नोडार क्षेत्रमा रहेको रिफाइनरीमा आक्रमण गर्दा आगलागी भएको बताएका छन् । तर, दमकलले केही समयपछि निभाएको थियो ।
रिफाइनरीमा आगलागी हुँदा एक कर्मचारीलाई हृदयाघात हुँदा उनको मृत्यु भएको हो । अधिकारीहरूका अनुसार युक्रेनले विगत केही दिनदेखि लगातार रुसको रिफाइनरी र तेल भण्डारलाई निशाना बनाउँदै आएको छ ।
रुसी रक्षा मन्त्रालयले रातारात ३५ युक्रेनी ड्रोन खसालेको बताएको छ । तीमध्ये चार ड्रोन मस्कोमा खसालेका थिए । मस्कोका मेयर सर्गेई सोब्यानिनले राजधानीको डोमोडेडोभो एयरपोर्ट नजिकै आइतबार बिहान पाँचौं ड्रोन खसालेको बताए ।
दुई ड्रोन कलुगा क्षेत्रमा र चार ड्रोन यारोस्लाभ क्षेत्रमा खसालेका थिए । अधिकांश युक्रेनी ड्रोन बेल्गोरोड, कुर्स्क र रोस्तोभ क्षेत्रहरू र दक्षिणी क्रास्नोडार क्षेत्र जस्ता युक्रेनको सीमाना क्षेत्रमा खसालेको मन्त्रालयले जनाएको छ ।
गभर्नर व्याचेस्लाभ ग्लाडकोभले आइतबार बिहान बेलगोरोडमा गोलाबारीका क्रममा १६ वर्षीया बालिकाको मृत्यु भएको बताए । सोही क्रममा उनका बुवा घाइते भए । दोस्रो आक्रमणमा एक जनाको मृत्यु भएको छ ।
सोही क्रममा ११ जना घाइते भएका छन् । यसैबीच बेलायतको रक्षा मन्त्रालयले आइतबार रक्षा सचिव ग्रान्ट शाप्सले रुसी मिसाइलको धम्कीका कारण ओडेसाको भ्रमण रद्द गरेको बताएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ०५ चैत्र २०८०, ०९ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युक्रेनद्वारा रुसमा अहिलेसम्मकै ठुलो ड्रोन आक्रमण
युक्रेनले गरेको ड्रोन आक्रमणका कारण मस्कोका विमानस्थल बन्द
युक्रेनको ड्रोन आक्रमणपछि मस्कोका विमानस्थल बन्द
रुसको तेल प्रशोधन केन्द्रमा १२१ ड्रोन आक्रमण गरेको युक्रेनको दाबी
युक्रेनले गरेको ड्रोन आक्रमणमा रुसी पत्रकारको मृत्यु, सात घाइते
ड्रोनबाट सामान ढुवानी