मकवानपुर । हेटौँडा उपमहानगरपालिका–११ सरस्वती चोकबाट अवैध लागूऔषध २३ किलो गाँजासहित दुई जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर, कैलास गाउँपालिका–१० नामटार घर भई हेटौँडा उपमहानगरपालिका –१९ बस्ने २५ वर्षीय मदन तामाङ र ३८ बर्सिया शर्मिला भोलन रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले नवलपुरबाट हेटौँडातर्फ आउँदै गरेको बा.प्र.०३००३ प ७७७७ नम्बरको मोटरसाइकललाई जाँच गर्दा मोटरसाइकलमा सवार दुवै जनालाई गाँजासहित पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
यस्तै कास्की रुपन्देही लगायतका जिल्लाबाट पनि प्रहरीले शनिबार झन्डै पाँच किलो परिमाण गाँजा सहित पाँच जनालाई नियन्त्रणमा लिएको छ । कास्की, पोखरा महानगरपालिका–१२ संगमटोल बस्ने २६ वर्षीय दिपेश नेपाली र स्याङजाघर भई पोखरा महानगरपालिका–९ नागढुङ्गा बस्ने २० वर्षीय सागर नेपालीलाई पनि करिब तीन किलोसहित शनिबार नै प्रहरीले नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाको आधारमाखटिएको प्रहरीले दिपेशको घरमा लुकाई छिपाई राखेको उक्त गाँजा फेला पारेको थियो । शनिबार नै रूपन्देही, बुटवल उपमहानगरपालिका१३बदेलपोखरीबाटअवैध लागूऔषध गाँजा करिब १किलो ५ सय ग्रामसहित पाल्पा रिब्दिकोट गाउँपालिका–५ बस्ने मोहन रेग्मी समेत ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
शनिबार राती इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीलेउनीहरुलाई पक्राउ गरेको हो । लु.२ च ६१८४ नम्बरको पिकअप जिपलाई जाँच गर्ने क्रममा उक्तगाँजा सहित जिपमा सवार तीन जनालाई पक्राउ आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ चैत्र २०८०, १२ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागूऔषधसहित दुई जना पक्राउ
कर्मचारीमाथि कुटपिट गर्ने नगर प्रमुख विरुद्ध पक्राउ पुर्जी जारी
हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ
जिल्ला प्रशासन कार्यालयमा कार्यरत सुब्बा पक्राउ, पाँच दिन म्याद थपेर अनुसन्धान हुँदै
नक्कली परीक्षार्थी पक्राउ
१७ करोडभन्दा बढीको क्रिप्टो कारोबारमा चिनियाँ नागरिक पक्राउ