सरकारप्रति म आशावादी छु : बालेन साह

सफल खबर संवाददाता

शनिबार, ०३ चैत्र २०८०, २१ : ३७
सरकारप्रति म आशावादी छु : बालेन साह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले आफू सरकारप्रति आशावादी रहेको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै नयाँ मन्त्रीहरूले पुरानो फाइल खोल्ने भन्ने कुरा उल्लेख गर्दै आफू सकारात्मक भएको बताएका हुन् ।

‘नयाँ मन्त्रीज्युहरुले सबै पुरानो फाइल खोल्दै हुनुहुन्छ रे, टाइम कम छ, हिसाब किताब गरेर, गोजी भरेर निस्किनु पर्ने छ रे !’, बालेनले लेखेका छन्, ‘सरकार जति दिन टिक्छ, स्वास्थ्य मन्त्रालयमा भएको एउटा भाइ डाक्टरसाबको कुरा, मैले सुनेको कुरा गलत होस् । म आशावादी छु सरकारप्रति ।’

प्रतिक्रिया दिनुहोस