काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह (बालेन)ले सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्ने बताएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा ईद उल फित्रको अवसरमा शुभकामना दिँदै भनेका छन् -‘धर्म, संस्कृति र विविधताको सम्मान गर्दै, सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ।’
उनले एक–अर्काप्रति सम्मान, समझदारी र एकताले समाजलाई अझ सुदृढ बनाउनेछ भन्ने कामना गर्दै, ईदको अवसरले भाइचारा, प्रेम र मेलमिलापको भावना अझ प्रगाढ बनाओस् भन्ने कामना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०७ चैत्र २०८२, ११ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालेन साहद्वारा चुनाव खर्च विवरण निर्वाचन आयोगमा पेश
‘लिपुलेक हाम्रो हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनु होला’ : बालेन साह
बालेनले बोलाएको ‘स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति’ को बैठक रद्द
काठमाडौँ टावर निर्माणमा अर्बौँको नीतिगत भ्रष्टाचार भयो: बालेन