लागु औषधसहित विभिन्न स्थानबाट ८ जना पक्राउ

सफल खबर संवाददाता

शनिबार, ०३ चैत्र २०८०, १६ : ५३
लागु औषधसहित विभिन्न स्थानबाट ८ जना पक्राउ

काठमाडौँ । देशका विभिन्न स्थानबाट लागु औषधसहित ८ जना पक्राउ परेका छन् ।मोरङको विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट अवैध लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १६ ग्राम ८८ मिलिग्रामसहित सुनसरी बराह्रक्षेत्र नगरपालिका-६ बस्ने ३० वर्षीय विजय कुमार राउतलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागु औषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

 

यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका-१८ फुलबारी तुलसिबारी चोकबाट अवैध लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १७ ग्राम २ सय ४० मिलिग्रामसहित भारत लखिमपुर पलियाकला खिरी बस्ने २० वर्षीय करन रानालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय बहुलियाबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

 

कैलालीकै धनगढी उपमहानगरपालिका-३ बाट अवैध लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय १० मिलिग्रामसहित सोही उपमहानगरपालिका-५ बस्ने २७ वर्षीय करन ऐरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

 

उता धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-५ हरैयाबाट अवैध लागु औषध गाँजा करिब ५ किलोसहित सोही ठाउँ बस्ने ४० वर्षीय शिव कुमार महतोलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले महेन्द्रनगरबाट जनकपुरतर्फ जाँदै गरेको ज.१२ प ७० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक महतोलाई उक्त गाँजासहित पक्राउ गरेको हो । 

यस्तै रूपन्देहीको बुटवल उपमहानगरपालिका-२ श्रीराम टोलबाट अवैध लागु औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय मिलिग्रामसहित सोही उपमहानगरपालिका-११ कालिकानगर बस्ने स्याङ्जा वालिङ नगरपालिका-१४ घर भएका ३० वर्षीय सुन्दर डुम्रेलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट जितगढिकिल्लाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

यता झापाको अर्जुनधारा नगरपालिका-६ शिवालय टोलबाट अवैध लागु औषध गाँजा ४ किलो ६ सय ५० ग्रामसहित ३ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ७४ वर्षीय भरोसी यादव, ३९ वर्षीय गोपाल यादव र कचनकवल गाउँपालिका- ७ बस्ने २७ वर्षीय अरबिन भट्टराई रहेका छन् । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले भरोसी यादवको घरबाट उक्त गाँजा फेला पारी तीनै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस