काठमाडौँ । देशका विभिन्न स्थानबाट लागु औषधसहित ८ जना पक्राउ परेका छन् ।मोरङको विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट अवैध लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १६ ग्राम ८८ मिलिग्रामसहित सुनसरी बराह्रक्षेत्र नगरपालिका-६ बस्ने ३० वर्षीय विजय कुमार राउतलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागु औषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका-१८ फुलबारी तुलसिबारी चोकबाट अवैध लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १७ ग्राम २ सय ४० मिलिग्रामसहित भारत लखिमपुर पलियाकला खिरी बस्ने २० वर्षीय करन रानालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय बहुलियाबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
कैलालीकै धनगढी उपमहानगरपालिका-३ बाट अवैध लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय १० मिलिग्रामसहित सोही उपमहानगरपालिका-५ बस्ने २७ वर्षीय करन ऐरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
उता धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-५ हरैयाबाट अवैध लागु औषध गाँजा करिब ५ किलोसहित सोही ठाउँ बस्ने ४० वर्षीय शिव कुमार महतोलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले महेन्द्रनगरबाट जनकपुरतर्फ जाँदै गरेको ज.१२ प ७० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक महतोलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
यस्तै रूपन्देहीको बुटवल उपमहानगरपालिका-२ श्रीराम टोलबाट अवैध लागु औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय मिलिग्रामसहित सोही उपमहानगरपालिका-११ कालिकानगर बस्ने स्याङ्जा वालिङ नगरपालिका-१४ घर भएका ३० वर्षीय सुन्दर डुम्रेलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट जितगढिकिल्लाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यता झापाको अर्जुनधारा नगरपालिका-६ शिवालय टोलबाट अवैध लागु औषध गाँजा ४ किलो ६ सय ५० ग्रामसहित ३ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ७४ वर्षीय भरोसी यादव, ३९ वर्षीय गोपाल यादव र कचनकवल गाउँपालिका- ७ बस्ने २७ वर्षीय अरबिन भट्टराई रहेका छन् । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले भरोसी यादवको घरबाट उक्त गाँजा फेला पारी तीनै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०३ चैत्र २०८०, १६ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागूऔषधसहित दुई जना पक्राउ
कर्मचारीमाथि कुटपिट गर्ने नगर प्रमुख विरुद्ध पक्राउ पुर्जी जारी
हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ
जिल्ला प्रशासन कार्यालयमा कार्यरत सुब्बा पक्राउ, पाँच दिन म्याद थपेर अनुसन्धान हुँदै
नक्कली परीक्षार्थी पक्राउ
१७ करोडभन्दा बढीको क्रिप्टो कारोबारमा चिनियाँ नागरिक पक्राउ