प्रधान सेनापति र मंगोलियाका राजदूतबिच भेटवार्ता

सफल खबर संवाददाता

शुक्रबार, ०२ चैत्र २०८०, १५ : २६
प्रधान सेनापति र मंगोलियाका राजदूतबिच भेटवार्ता

काठमाडौँ । प्रधान सेनापति प्रभुराम शर्मा र मंगोलियाका गैर आवासीय राजदूत गानबोल्ड दाम्बाजेभबिच भेटवार्ता भएको छ ।

शुक्रबार जङ्गी अड्डामा भएको शिष्टाचार भेटवार्तामा आपसी चासोका विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको । यस किसिमको भेटघाटले दुई देश बिच रहि आएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रतिक्रिया दिनुहोस