काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आन्दोलनरत मिटरब्याज पीडितहरूसँग छलफल गरेका छन् । आइतबार गृहमन्त्री लामिछानेले मिटरब्याज पीडितहरूलाई गृह मन्त्रालयमा बोलाएर छलफल गरेका हुन्।
पहिलो चरणमा गृहमन्त्री लामिछानेसँग भेटेर छलफल गरेका थिए। त्यसपछि गृह मन्त्रालयको वार्ता टोलीसँग छलफल भएको बताइएको छ । गृहमन्त्री लामिछानेले मिटरब्याज पीडितहरूलाई आफ्ना असहमति र मागहरू बुँदागत रूपमा ल्याउन अनुरोध गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
त्यसक्रममा मिटरब्याज पीडितहरूको मुद्दा शक्तिशाली न्यायिक आयोग बनाएर समस्याको समाधान गर्न माग गरेका थिए। यही विषयमा सहसचिव नारायणप्रसाद भट्टराई नेतृत्वको वार्ता टोलीसँग पनि छलफल भएको थियो। यद्यपि वार्ता निष्कर्षविहीन टुंगिएको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ फागुन २०८०, २० : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन बिथोलिन दिँदैनौँः गृहमन्त्री अर्याल
गृहमन्त्रीद्वारा प्रहरी वृत्त बौद्ध र प्रभाग साँखुको अवलोकन
देशको सुरक्षा अवस्थालाई सामान्य बनाउन सरकार सफल : गृहमन्त्री अर्याल
गृहमन्त्रीलाई जेन-जीले भने- भदौ २३ र २४ गतेका घटनाका दोषीलाई कारबाही गर्नुस्
गृहमन्त्रीले बोलाए सुरक्षा समिति बैठक
मिथ्या सूचना नियमन गर्न गृहमन्त्रीको चासो