लन्डन । ‘अन्तर्राष्ट्रिय मेयर अवार्ड’ ग्रहण गर्ने सिलसिलामा चितवन जिल्ला भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल मंगलबार बिहान लन्डन आइपुगेकी छिन् । उनले पाउन लागेको ‘अन्तर्राष्ट्रिय मेयर अवार्ड’ वितरण समारोह बिहीबार साँझ लन्डनस्थित बेलायती संसद भवनमा हुँदै छ ।
मेयर दाहाललाई विमानस्थलमा लन्डन दूतावासकी उपनियोग प्रमुख रोशन खनाल, एनआरएनए युके अध्यक्ष हित काजी गुरुङले स्वागत गरेका थिए ।
यसैगरी नेकपा माओवादी केन्द्रीय सदस्य एवम् गेसो अध्यक्ष कृष्णकुमार राई, जनप्रगतिशील मञ्च युके अध्यक्ष विमला लिम्बू, काउन्सिलर एवम् पर्यटन बोर्डका प्रवर्द्धक धन सार्की, माओवादीनिकट आदिवासी जनजाति महासंघ केन्द्रीय सदस्य एवम् किराया बेलायत अध्यक्ष मेजर योगेश राईलगायत अन्य विभिन्न व्यक्तिहरु पनि विमानस्थलमा उपस्थित थिए ।
लन्डन उत्रिएकै दिन मंगलबार बेलुका दाहाल एनआरएनए युकेले अल्डरसटमा गर्न लागेको नारी दिवस कार्यक्रममा सहभागी हुनेछिन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ फागुन २०८०, ०८ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवन-३ को चुनावी तापमान : देखिदैछ रेनुको पल्ला अलि भारी
चितवन-३ बाट रेनु दाहालले गराइन् मनाेनयन दर्ता
संसदीय निर्वाचनको तयारीसहित भरतपुर महानगर प्रमुख रेनु दाहालले दिइन् राजीनामा
चितवनको सामान्य चुनावबाट डराउँदिन : रेनु दाहाल
भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’
मेयर दाहालद्धारा ६ कोठे विद्यालय भवन र प्रहरी कार्यालय भवनको शिलान्यास