आजै सरकार परिवर्तन हुन्छ : सुरेन्द्र पाण्डे

सफल खबर संवाददाता

सोमबार, २१ फागुन २०८०, ०९ : ४०
आजै सरकार परिवर्तन हुन्छ : सुरेन्द्र पाण्डे

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले आजै सरकार परिवर्तन हुने दाबी गरेका छन् । उनले नयाँ मन्त्रिपरिषद् पनि गठन हुने उनले बताएका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुमा लेखेका छन्, ‘सानो आकारको मन्त्रीमण्डलले आज शपथ लिनेछ ।’ अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको एमालेको सचिवालय बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेससँगको सत्ता गठबन्धन टुटाए सहकार्यका लागि नयाँ ढङ्गले छलफल गर्न तयार रहेको निष्कर्ष समेत निकालेको छ ।

प्रतिक्रिया दिनुहोस