काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलगायत संसद्का प्रमुख दलका नेतासँग छलफल गरेपछि विवाद टुंग्याउन संसदीय समितिको बैठक शुरू भएको छ ।
कानून न्याय तथा मानव अधिकार समितिमा आइतवार बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफलको कार्यसूची छ ।
बिहान साढे ११ बजेका लागि बोलाइएको बैठक दलहरूबीचको छलफलका कारण झण्डै २ घण्टा ढिलो गरी शुरू भएको छ । बैठकमा कानून मन्त्री धनराज गुरुङ उपस्थित छन् ।संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमतिको प्रयास स्वरूप प्रधानमन्त्री प्रचण्डले बिहान एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र रास्वपा सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका थिए ।
एमालेले विधेयक पीडित मैत्री हुनुपर्ने र गम्भीर मानव अधिकार उल्लंघनमा संलग्नलाई माफी दिन नमिल्ने अडान राख्दै आएको छ ।यो विधेयक संसद्को चालू हिउँदे अधिवेशनबाट पारित गराउने सरकारको तयारी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० फागुन २०८०, १४ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
दुई संसदीय समितिको बैठक बस्दै
दुईवटा संसदीय समितिको बैठक बस्दै
दुई संसदीय समितिको बैठक बस्दै
मुख्यसचिव र मुख्यरजिष्ट्रारको पदावधि २ वर्ष र सचिवको ४ वर्ष राख्ने संसदीय समितिमा सहमति
तीन संसदीय समितिको बैठक आज, यी हुन् एजेन्डा