वाफ उपविजेता महिला फुटबल टोली स्वदेश फिर्ता

सफल खबर संवाददाता

शनिबार, १९ फागुन २०८०, ०९ : ०६
वाफ उपविजेता महिला फुटबल टोली स्वदेश फिर्ता

काठमाडौ । वाफ च्याम्पियनसिपको‌ उपविजेता नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता भएको छ ।

फाइनलमा जोर्डनसँग पराजित हुँदै उपविजेता बनेको नेपाली टोली शुक्रबार राति स्वदेश फर्किएको हो ।

वाफ च्याम्पियनसिपमा पहिलोपटक सहभागी भएको नेपाल फाइनलमा जोर्डनसग टाइब्रेकरमा पराजित भएको थियो ।

नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पन्कज नेम्वाङसहितले विमानस्थल पुगेर टोलीलाई स्वागत गरेका थिए । अध्यक्ष नेम्वाङले खेलाडीहरूलाई जनही ५१ हजार रुपैयाँ दिने घोषणा गरे ।