काठमाडौँ । जनमत पार्टीका प्रदेश सांसदहरूले मधेश प्रदेश सभा बैठक अवरुद्ध गरेका छन् । २०८० माघ ८ गते सप्तरीको राजविराजमा तत्कालीन शिक्षा तथा संस्कृतिमन्त्री महेश यादवसहित जनमतका सांसदहरूमाथि मुख्यमन्त्रीकै अगाडि हमला भएको विषयमा मुख्यमन्त्रीले जवाफ दिनुपर्ने माग गर्दै जनमतका सांसदहरूले प्रदेश सभा बैठक अवरोध गरेका हुन् ।
मंगलबार प्रदेश सभाको बैठक सुरु हुन साथ जनमत पार्टीका सांसदहरू उभिएर मुख्यमन्त्रीले जवाफ नदिए बैठक चल्न नदिने अडान लिएका थिए । साधारण विषयमा सधैँ संसद् अवरुद्ध गर्नु राम्रो नहुने भन्दै सभामुख रामचन्द्र मण्डलले संसद्को कारबाही अगाडि बढाउन खोज्दा जनमतका सांसदहरू रोष्टम घेराउ गर्दै मुख्यमन्त्रीविरुद्ध नाराबाजी गरेका छन् ।
विरोधकाबीच बैठकमा सभामुख मण्डलले खेलकुद तथा समाज कल्याणमन्त्री सुरिताकुमारी साहलाई प्रदेश बाल अधिकार ऐन २०७७ लाई संशोधनको प्रस्ताव पेस गर्न अनुमति दिएका थिए ।
मन्त्री साह रोष्टमतर्फ जाँदै गर्दा जनमत पार्टीका सांसदहरूले सरकार र मुख्यमन्त्रीविरुद्ध नाराबाजी गरेपछि प्रदेश सभा बैठक १० मिनेटकालागि स्थगित गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले फागुन ६ गते प्रदेश सभामा विश्वासको मत लिने पनि जनमतका सांसदहरूले बैठक अवरुद्ध गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ फागुन २०८०, १६ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नागरिक उन्मुक्ति र जनमत पार्टीबिच एकता घोषणा कार्यक्रम स्थगित
आज साँझ जनमत पार्टीको बैठक बस्दै
जनमत र नाउपाबीच १७ गते एकीकरण घोषणा हुने
शिक्षकको माग सम्बोधन गर्न जनमत पार्टीको माग
जनमतले बोलायो केन्द्रीय समिति बैठक
कवाड व्यवसायीलाई काठमाडौं महानगरले ज्यादती गर्योः जनमत