काठमाडौँ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले साढे ५ हजार मिटरब्याजपीडतहरुलाई न्याय दिने काम भइरहेको बताएका छन्। सोमवार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग मन्त्री श्रेष्ठले साढे ५ हजार मिटरब्याजपीडितलाई न्याय दिने काम भइरहेको बताएका हुन्। उनले तत्कालीन आयोगमा आएका उजुरीहरुलाई मन्त्रिपरिषद्ले निर्णय गरेर जिल्ला प्रहरी कार्यालयमा पठाएको भन्दै पहिले प्रहरीले मेलमिलापको अपील गर्ने बताए।
प्रहरीले पीडितलाई न्याय दिनेगरी मेलमिलापको प्रयास गर्ने उनको भनाई छ। त्यसो हुन नसकेमा थप अनुसन्धान गरेर अभियोजनको प्रक्रियामा जाने उनले बताए। उनले पीडितलाई हर हालतमा न्याय दिने बताए।
‘अहिले साढे ५ हजार जति मिटरब्याजपीडितलाई न्याय दिने काम भइराखेको छ। ठूलो मेहनत गरेर मात्रै यसलाई समाधान गर्न सकिन्छ‚ त्यसको निम्ति अहिले हामीसँग कानून छ‚’ उनले भने‚ ‘बाँकी रहेका सबै उजुरी हामीले जिल्ला प्रहरी कार्यालयमा पठाएका छौँ। प्रहरीले अब स्वेच्छिक मेलमिलापको निम्ति अपील गर्छ। पीडितलाई न्याय दिनेगरी मेलमिलापको प्रयास गर्छ।’
उनले पीडितलाई न्याय दिलाउन सबै लाग्नुपर्ने बताए। उनले पीडितको नाममा खेल नखेल्न आग्रहसमेत गरे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ फागुन २०८०, २० : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सत्तामा टाँसिइरहने हाम्रो ध्यान छैन : गृहमन्त्री अर्याल
गृहमन्त्रीलाई कर्णालीका मुख्यमन्त्रीको प्रश्न- ठूला दललाई पाखा राखेर चुनाव हुन्छ ?
निर्वाचन बिथोलिन दिँदैनौँः गृहमन्त्री अर्याल
गृहमन्त्रीद्वारा प्रहरी वृत्त बौद्ध र प्रभाग साँखुको अवलोकन
देशको सुरक्षा अवस्थालाई सामान्य बनाउन सरकार सफल : गृहमन्त्री अर्याल
गृहमन्त्रीलाई जेन-जीले भने- भदौ २३ र २४ गतेका घटनाका दोषीलाई कारबाही गर्नुस्