काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले यो चुनावले मानवता, मुलुक र संविधान जोगाउने कुराको प्रत्याभूति दिएको बताएका छन्। एक भिडियाे सन्देश जारी गर्दै उनले सरकारले दृढ भएर एक थोपा रगत नखसीकन चुनाव सम्पन्न गर्न सफल भएको बताए।
उनले भने, ‘यो निर्वाचन हुन नसकेको भए हाम्रो मुलुक, संविधान र मानवता नै जोखिममा पर्न सक्थ्यो। अब हामीले चुनाव गरेका छौँ र निष्पक्ष चुनाव गरेका छौँ। यो सरकारले सुदृढ चुनाव गरोस् भन्ने अपेक्षा थियो। अरू बेलाको भन्दा गुणस्तरीय चुनाव गरेका छौँ। सुदृढ चुनाव गरेका छौँ। सबैलाई थाहा छ, यसपालि एक थोपा रगत नखसीकन चुनाव सम्पन्न गर्न सकेका छौँ।’
सुशीला कार्की नेतृत्वको सरकार गठन भएदेखि राजनीतिक हिंसाबाट रगतको थोपो नखसेको उनको भनाइ छ। उनले थपे, ‘चुनावको क्रममा पनि हिंसात्मक झडपहरू हुन पाएनन्, एकाधबाहेक। हुन खोजेका ठाउँमा पनि रोकथाम गरेर त्यसलाई काबुभित्र राखेर चुनाव गरायौँ। मतदान गरायौँ। पहिला पहिला धेरै ठाउँमा स्थगन हुन्थ्यो र फेरि चुनाव गराउनुपर्थ्यो। तर, यसपालि देशभरि एकै चोटि मतदान सम्पन्न भएको छ। स्थगन गर्नुपरेको अवस्था पनि छैन। यसरी हामीले राजनीतिक सुशासनका मानकहरू बढाउनैपर्छ। यी मानकहरूलाई सुदृढ गर्नुपर्छ। भविष्यमा आउने सरकारहरूले ती मानकहरू भत्काउन नसकुन्।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ फागुन २०८२, १३ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दरबार हत्याकाण्डको पुनः छानबिन गर्ने कसरी ?
गृहमन्त्री गुरुङले दिए राजीनामा
गृहमन्त्री गुरुङको आर्थिक कारोबारका श्रृंखलाबद्ध खुलासा
विशेष छलफलमा गृहमन्त्री गुरुङ
गृहमन्त्रीबारे रास्वपा केन्द्रीय समिति बैठकमा छलफल नै भएन
गृहमन्त्री सुधन गुरुङलाई तत्काल बर्खास्त गर्न माग