काठमाडौ । गृहमन्त्री ओमप्रकाश अर्यालले सीमा सुरक्षालाई संस्थागत र दिगो बनाउने उद्देश्यका साथ सशस्त्र प्रहरी बल नेपाललाई सीमा क्षेत्रमा केन्द्रित विशिष्ट सुरक्षा फौजका रूपमा विकास गरिने बताएका छन्।
सशस्त्र प्रहरी मुख्यालय हलचोकमा शुक्रबार आयोजित २५औँ सशस्त्र प्रहरी दिवस तथा रजत महोत्सव समारोहलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन्।
सीमा सुरक्षालाई प्रभावकारी बनाउन अन्तरराष्ट्रिय अभ्यास र मापदण्डअनुरुप नयाँ बिओपीको विस्तार, आधुनिकीकरण तथा सम्पूर्ण सङ्गठनलाई प्रविधिमा आधारित लचिलो र द्रूत परिचालन योग्य बनाउने सरकारको ध्यान केन्द्रित भएको पनि उनले बताए।
राष्ट्र निर्माण कुनै एक निकायको एकल प्रयासबाट सम्भव नहुने उल्लेख गर्दै गृहमन्त्री अर्यालले राष्ट्रिय सुरक्षासँग सम्बन्धित सम्पूर्ण दायित्वलाई साझा जिम्मेवारीका रूपमा बुझ्न आग्रह गरे।
‘नजिकिँदै गएको प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षालाई पनि साझा उत्तरदायित्वका रूपमा बोध गरी समन्वयात्मकरूपमा गरिएको छ’, उनले भने।
बदलिँदो विश्व परिवेश र जटिल बन्दै गएका सुरक्षा चुनौतीका सन्दर्भमा थप चनाखो बन्नु अपरिहार्य रहेको जनाउँदै गृहमन्त्री अर्यालले राष्ट्रिय सुरक्षाका सम्बन्धमा गृह मन्त्रालयका नीति, निर्देशन र मार्गदर्शनअनुरुप परिचालित हुन निर्देशित दिए।
मानवअधिकारको सम्मान, लैङ्गिक समानता र जनमैत्री कार्यशैली आजको सुरक्षा प्रणालीको आधारभूत मान्यता भएको उल्लेख गर्दै गृहमन्त्री अर्यालले अनुचित दबाब र प्रभावबाट सुरक्षा निकायलाई मुक्त राखी व्यावसायिक स्वतन्त्रता र क्षमता अभिवृद्धि गर्न सरकार प्रतिबद्ध रहेको बताए।
उनले भने, ‘सुशासन कायम गर्न कानुनको कार्यान्वयनका क्रममा उत्पन्न हुन सक्ने जोखिमप्रति भयवित नबनी निष्पक्ष रूपमा कर्तव्य पालना गर्न आग्रह गर्दछु ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० माघ २०८२, ०७ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्री गुरुङले दिए राजीनामा
गृहमन्त्री गुरुङको आर्थिक कारोबारका श्रृंखलाबद्ध खुलासा
विशेष छलफलमा गृहमन्त्री गुरुङ
गृहमन्त्रीबारे रास्वपा केन्द्रीय समिति बैठकमा छलफल नै भएन
गृहमन्त्री सुधन गुरुङलाई तत्काल बर्खास्त गर्न माग
गृहमन्त्रीले बोके इन्स्पेक्टर लामाको शव