काठमाडौ । गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने निर्वाचनको लागि उपयुक्त वातावरण बनिसेको बताएका छन्। दुई चरणमा चुनाव हुने भनि गरिएका हल्ला निराधार भएको उनले बताए।
सप्तरीको राजविराजमा सञ्चारकर्मीहरूसँगको सङ्क्षिप्त कुराकानीमा उनले निर्वाचनबारे कुनै शङ्का नभएको र निर्वाचन देशभर एकै चरणमा हुने बताएका हुन्।
‘देश चुनावमय बन्दै गएको छ। आउँदो फागुन २१ गते नै तोकिएको मितिमा निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित निर्वाचन सम्पन्न गरी निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्नु सकारको दायित्व हो,’ गृहमन्त्री अर्यालले भने।
निर्वाचन सम्पन्न गरी निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने मूल ‘म्यान्डेट’का साथ सरकार गठन भएको उनले बताए।
‘यो नागरिक सरकार मूलतः सुशासन कायम गर्दै शान्तिसुरक्षाको प्रत्याभूतिसहित तोकिएकै मितिमा स्वच्छ, निष्पक्ष र धाँधलीरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने मूल ध्येयका साथ अघि बढिरहेको छ,’ उनले भने।
राजनीतिक दलहरूको सक्रियता, जनस्तरको चासो र समग्र परिस्थितिले निर्वाचनको माहोलसमेत मजबुत हुँदै गएको पनि उनले बताए।
गृहमन्त्री अर्यालसँगै रहेका नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले तोकिएकै मितिमा धाँधलीमुक्त चुनाव हुनेमा विश्वस्त हुन आग्रह गरे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० पुस २०८२, ०७ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दरबार हत्याकाण्डको पुनः छानबिन गर्ने कसरी ?
गृहमन्त्री गुरुङले दिए राजीनामा
गृहमन्त्री गुरुङको आर्थिक कारोबारका श्रृंखलाबद्ध खुलासा
विशेष छलफलमा गृहमन्त्री गुरुङ
गृहमन्त्रीबारे रास्वपा केन्द्रीय समिति बैठकमा छलफल नै भएन
गृहमन्त्री सुधन गुरुङलाई तत्काल बर्खास्त गर्न माग