भरतपुर । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल अवार्ड थाप्न बेलायत जाने भएकी छन् । आज बसेको संघीय मन्त्रिपरिषद् बैठकले मेयर दाहालको भ्रमण प्रस्ताव स्वीकृत गरेको छ ।
बेलायत सरकारले प्रदान गर्ने ‘इन्टरनेशनल मेयर अवार्ड’ ग्रहण गर्न उनी जान लागेकी हुन् । बेलायती तल्लो सदन ‘हाउस अफ कमन्स’ मा मार्च ७ मा आयोजना हुने अवार्ड समारोहमा मेयर दाहाल सहभागी हुने कार्यक्रम छ । सचिवालयका अनुसार मेयर दाहाल मार्च ४ तारिख बेलुका लन्डन पुग्ने र मार्च १२ मा नेपाल फर्किने छिन् ।
भरतपुरमा दाहालले गरेको कामको कदरस्वरूप यो अवार्ड पाएको सचिवालयको दाबी छ । मार्च ६ मा लण्डन दूतावासमा ‘भिजिट भरतपुर २०२४’ अभियानमा केन्द्रित कार्यक्रममा उनले भाग लिनेछन् । मार्च ८ तारिख बेलायतस्थित माओवादी कार्यकर्ता एवम् नेपाली समुदायका प्रतिनिधिसँग छुट्टाछुट्टै भेट्ने उनको कार्यक्रम तय भएको छ ।
त्यस्तै दाहालले मार्च ९ मा लेष्टर सिटी काउन्सिल र मार्च १० मा लन्डनको रोयल ग्रीनवीच बरोको अवलोकन भ्रमण गर्नेछिन् । मार्च ११ मा नेपाली तथा बेलायती व्यवसायी एवम् लगानीकर्तासँग अन्तरक्रिया हुनेछ ।
एक साता लामो बेलायत भ्रमणका क्रममा मेयर दाहालले त्यहाँका केही स्थानीय निकायहरूको अवलोकन भ्रमण गर्नेछिन् । साथै राजनीतिक व्यक्तिहरूसँग भेटघाट र नेपाली समुदायसँग अन्तरक्रिया कार्यक्रम पनि राखिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ फागुन २०८०, २० : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान
भरतपुर महानगर साहित्य दर्पण–४ र वाङ्मय कोश विमोचन
भरतपुर महानगरद्वारा सीपमूलक तालिममा सहभागी ७७९ जनालाई प्रमाणपत्र वितरण
नयाँ बजेटमा १४ वटा नयाँ कार्यक्रम : डिजिटल सिटीदेखि विपद् -सुरक्षासम्मको योजना
भरतपुरको आगामी वर्षको बजेट सार्वजनिक : ५ अर्ब १९ करोडको योजना
भरतपुर महानगरको बजेट : अधुरा पूर्वाधारमा जोड, डिजिटल सहर र सामाजिक सुरक्षामा प्राथमिकता