काठमाडौँ । नेपाली कांग्रेसका सांसद गगन थापाले संसदमा सत्तापक्ष र प्रतिपक्षबिच चलेको दोहोरीले संसद् राम्ररी चल्न नसकेको भन्दै अख्तियारले डामेको र आयोगले पोलेका झन्डावालाहरूलाई झन्डा छोपेर घर पठाउन आग्रह गरेका छन् ।
सोमबारको दोस्रो बैठकमा बोल्दै कांग्रेस महामन्त्री समेत रहेका थापाले यही पाराले संसद् चल्न नसक्ने बताए । ‘संसदमा दोहोरी चलिरहेको छ । यही पाराले न संसद् राम्ररी चल्ने भयो रु मूल विषय पनि छायामा पर्ने भयो’, थापाले सभामुखलाई आग्रह गर्दै भने, ‘अब यसो गर्न लगाऔँ । आसनको दायाँ बस्ने होस् कि बायाँ बस्ने होस्, काखैको होस् कि पाखैको होस् । अख्तियारले डामेको,आयोगले पोलेको र सरकारी जग्गामा आँखा गाडेको झन्डावालाको झन्डा छोपेर घर पठाइदिऔँ ।’
उनले सहकारी ठग्ने र दुईचार थान नागरिकता राख्नेलाई पनि संसदमा नराखेर घरै पठाइदिएर अनुसन्धान गर्न लगाउनुपर्ने बताए । ‘यति गर्न सके निर्दोष भए फर्किएर आउनुहोला, स्वागत पनि गरौला, यसरी सफा गर्न सके जमेर छलफल गर्न सकिन्थ्यो, हैन भने यो दोहोरी चलिरहने भयो’, थापाको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ फागुन २०८०, १३ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो छ गगन थापाले केन्द्रीय समितिमा राखेको प्रस्ताव (पुर्णपाठ)
महाधिवेशनको कार्यतालिका पेस गर्दै गगन थापा, पुसभित्रमा महाधिवेशन गर्ने कार्यतालिका
छठका कार्यक्रममा सहभागी हुन नसक्ने भएकाले क्षमा चाहन्छु : गगन थापा
केन्द्रीय समितिमा सभापति देउवा अन्तिम पटक सहभागी हुनुभयो : गगन थापा
तीन दलका तीन प्रमुख नेताहरूलाई बिदा गर्न गगन थापाको प्रस्ताव
नियमित महाधिवेशन गर्न गगन थापाको प्रस्ताव